वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिमाथि लुटपाट, पाँच जना पक्राउ

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिमाथि लुटपाट, पाँच जना पक्राउ

lutpat

काठमाडौं । काठमाडौंमा वैदेशिक रोजगारीमाबाट फर्केका व्यक्तिमाथि लुटपाट गर्ने पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नमा काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का ३२ वर्षीय रामबहादुर तामाङ, सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका– ३ का ४० वर्षीय विपिन लामा, महोत्तरीको बर्दिबास नगरपालिका– ६ घर भएका ३८ वर्षीय विनोद मगर, रामेछापको सुनापति गाउँपालिका– ३ का ३० वर्षीय राजु तामाङ र रामेछापको मन्थली नगरपालिका– १६ का ३० वर्षीय राजकुमार माझी छन् ।

उनीहरुले यहि १३ असार साँझ साढे ६ बजेतिर काठमाडौं महानगरपालिका– ९ गौशालास्थित रुन्चेडाँडाको सार्वजनिक बाटोमा विदेशबाट फर्केका एक व्यक्ति धम्क्याउँदै ४५ हजार रुपैयाँ लुटेको थियो ।

प्रहरी वृत्त गौशालाका अनुसार पक्राउ परेकाहरुबाट लुटपाटको ४५ हजार रुपैयाँ समेत बरामद गरिएकोे छ ।

पक्राउ परेकाहरुविरुद्ध डाँका गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ