पोखरा । राउण्ड फेवा भ्यू फेवा हाईकिङ पदमार्गको सरसफाइ गरिएको छ । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा पदमार्गको सरसफाइ गरिएको हो ।
टान गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पोखरामा पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड तालिम संचालन भइरहेको छ । सोही तालिममा सहभागिलाई प्रयोगात्मक कक्षा अर्न्तगत राउण्ड फेवा भ्यू फेवा हाईकिङ पदमार्गको सरसफाइ, हाइकिङ तथा क्याम्पिङ कार्यक्रम गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले जानकारी दिए ।
सरसफाई अर्न्तगत पदमार्गमा संकलित फोहोर डुंगा मार्फत ओसारी व्यवस्थापन गरिएको थियो । अध्यक्ष आचार्यले फेवाताल काखमा माछापुच्छ्रे हिमालयको सुन्दर दृष्य सगै पोखराको दृष्य अवलोकनका लागि यो पदमार्ग उपयुक्त रहेको बताए ।
फेवा तालको ड्याम साइडदेखि रानीवन, मेवाखोला हुँदै मार्गीसम्म एक दिनको हाइकिङ पदमार्ग गर्न सकिन्छ । टानले फेवा ताललाई केन्द्रमा राखेर पोखरा आउने पर्यटकलाई छोटो दुरीको फेवा हाईकिङ पदमार्गको प्रवद्र्धन गरेको हो ।
राउण्ड फेवा भ्यू फेवा हाईकिङ पदमार्गको सरसफाइ, हाइकिङ तथा क्याम्पिङ कार्यक्रको समापनको अवसरमा बोल्दै पोखरा महानगरपालिका वडानम्बर २२ का अध्यक्ष हिमलाल बरालले यो पदमार्ग निर्माण सम्पन्न हुदाँ फेवावतालको एक फन्को लगाउन सकिने र त्यसको लागि पदमार्ग स्तरोन्तीको काम भइरहेको बताए । आगामी आर्थिक वर्षमा करिब १३ किलोमिटर लामो पदमार्गको निर्माण सम्पन्न गर्ने वडाध्यक्ष बरालले जानकारी दिए ।

पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले पदमार्ग सफाइ अभियान चालनउनुपर्ने बताए । उनले त्यसका लागि पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइडको भूमिका महत्वपूर्ण हुने भुजेलको भनाई थियो ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्रमा काम गर्न चाहनेहरुका लागि यही राम्रो सम्भावना रहेको बताए । विदेशमा काम गर्न सोचे जस्तो सहज नरहेको बतादै सुवेदीले पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड पेसामा यही सम्भावना रहेको चर्चा गरे ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नयाब उपरिक्षक सन्तोष निरौलाले तालिममा सिकेका कुराहरु प्रशिक्षार्थीले व्यवहारीक रुपमा उतार्न सके व्यवसायीक जीवनले सफलताको शिखर चुम्ने सक्ने सुनाए ।
कार्यक्रममा टान गण्डकीका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदी, द्धितिय उपाध्यक्ष मोहन सुवेदी, कार्यसमिति सदस्य रेनुका कार्कीले पदमार्गको सम्भावना वारे चर्चा गरेका थिए ।
तालिम जेठ २६ गतेबाट सुरु भएको थियो । पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड गरि ३ सय ५० जना तालिममा सहभागि भएका छन् ।
र्
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’