जुम्लाको राक्से पाटनमा पहिरोले १३ भेडा पुरिए

जुम्लाको राक्से पाटनमा पहिरोले १३ भेडा पुरिए

veda changra

कर्णाली । जुम्लाको तातोपानी गाउँपालिका– ८ राक्सेस्थित पाटनमा पहिरो जाँदा १३ वटा भेडा पुरिएका छन्।

सोमबार दिउँसो ४ः०० बजेको समयमा पाटनमा चरिरहेका भेडालाई पहिरोले पुरेको हो।

वर्षाका कारण आएको पहिरोले पुरिएर १३ भेडा र एक घोडा मरेको भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुहिरोले ढाकिएकोले कति भेडा तथा घोडा मरेको भन्ने यकिन हुन सकेको छैन । कृषकहरूले भने आआफ्ना भेडा जम्मा गरिरहेका छन् । घटनास्थल करिब ८ घण्टा पैदल यात्रा हिँड्नुपर्दछ ।

घटनास्थलमा ताम्ती टोप्लाका प्रहरी इन्चार्ज प्रहरी सहायक हवल्दार गणेशबहादुर बलायरको नेतृत्वमा स्थानीयसहित सुरक्षा टोली पुगिसकेको छ। तातोपानी गाउँपालिका वडा नं ७ जुम्लाका स्थानीय भेडापालक कृषक टेकराज रावतले आफूसहित आठ जना कृषकका भेडाहरू चरिरहेको अवस्थामा माथिबाट ठूलो पहिरो खसेर पुरेको बताए।

उक्त गाउँपालिका वडा नं ७ का वडाध्यक्ष तिलक रावतले पहिरोले धेरै भेडा मरेको भन्ने खबर आए पनि क्षतिको यकिन विवरण आउन समय लाग्ने बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ