पहिलोपटक तातोपानी नाकाबाट हेलिकोप्टर आयात

पहिलोपटक तातोपानी नाकाबाट हेलिकोप्टर आयात

heli

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै पहिलोपटक हेलिकोप्टर आयात हुन थालेको छ।

यसअघि इलेक्ट्रोनिक सामान, लत्ताकपडा, फलफूल र सवारीसाधन भित्रिने गरे पनि हेलिकोप्टर आयात भने पहिलोपटक गरिएको हो।

चीनको विभिन्न सहरबाट सामान ल्याउँदै आएको आडो ट्रान्सपोर्ट कम्पनीले बुधबार बेलुकी ४० फुटे टेलरमा राखेर हेलिकोप्टर नेपाल ल्याएको हो।

नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको सो हेलिकोप्टर नेपाल–चीन सीमामा रहेको तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको हो । माउन्टेनले पाँचवटा चिनियाँ हेलिकोप्टर खरिद गरेको छ । ती सबै तातोपानी नाकाबाट ल्याउने तयारी गरेको जनाएको छ।

तातोपानी भन्सार कार्यालयका अनुसार एक–दुई दिनभित्र भन्सार जाँचपास प्रक्रिया पूरा हुनेछ। यसबाट ४ करोड १२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन हुने अनुमान छ।

आज प्राविधिक टोलीले हेलिकोप्टरको परीक्षण गरेपछि सो हेलिकोप्टर काठमाडौं उडाइने बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ