काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काल्पनिक विद्यालय खडा गरी भ्रष्टाचार गर्ने चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।
अख्तियारले बिहीबार डोल्पाका जिल्ला प्राविधिक कार्यालय दुनैका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, तत्कालीन लेखापाल मुनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र उपभोक्ता समितिका कोषाध्यक्ष संगीता बुढाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीहरूले २०६७/२०६८ मा डोल्पाको साविक दुनै गाविस वडा–२ र ३ अर्थात हालको ठूलोभेरी नगरपालिका–४ स्थित काल्पनिक दुर्गा प्राथिमक विद्यालय खडागरी भवन निर्माणका नाममा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।
अख्तियारका अनुसार चार जनाको मिलेमतोमा दुई कोठे भवन बनाएको भनी झूटा कागजात तयार पारी ७ लाख ६० हजार रूपैयाँ बजेट विनियोजन गरेको देखिएको छ।
शान्ति तथा पुननिर्माण मन्त्रालयबाट पनि कुनै रकम नआएको र भवन पनि नबनेको अनुसन्धानमा पत्ता लागेको अख्तियारको भनाइ छ।
सो विषयमा उजुरी परेपछि अख्तियारले स्थलगतरूपमा अनुसन्धान गरेको थियो।
उनीहरू चारै जनाविरूद्ध ७ लाख ६० हजार रूपैयाँ बिगो माग दाबी गर्दै कानुनी प्रक्रिया अगाडि बढाइएको अख्तियारले जनाएको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए