ढुङ्गाले लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

ढुङ्गाले लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

death body

जाजरकोट । जाजरकोटमा ढुङ्गाले लागेर दिदी र बहिनीको मृत्यु भएको छ ।

कुशे गाउँपालिका–३ तर्पेनामा बिहीबार बेलुकी ९ बजे टहरामा सुतिरहेका एकै घरका दिदी र बहिनीको ढुङ्गाले लागेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थिानीय नरबहादुर बुढाकी दुई छोरीहरु १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढा रहेको प्रहरीले जनाएको छ ।

पहरीका अनुसार बाख्रा हेरचाहका लागि भूकम्प पीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ