अब युट्युबबाट मौलिक भिडियोले मात्रै पैसा कमाउने

अब युट्युबबाट मौलिक भिडियोले मात्रै पैसा कमाउने

youtube monetise

पोखरा । युट्युबले अब मौलिक र प्रमाणित भिडियोलाई मात्रै पैसा दिने भएको छ ।

यही जुलाई १५ तारिखदेखि लागू हुने गरी युट्युबले परिवर्तन गरेको मनिटाइजेसन नीति (भिडिओबाट आम्दानी गर्ने प्रक्रिया) अनुसार थोकमा अर्थात् एकै पटक धेरै क्यामेराले खिचेका, बारम्बार एउटै शैली दोर्होयाइएका, फोटोमात्रै राखेर बनाएका, एआईको प्रयोगबाट आवाज तथा भिडियो सिर्जना गरेका सामग्रीहरू मोनिटाइज हुने छैनन् । त्यस्ता भिडियोहरू युट्युबमा राख्न पाइने छ तर जतिसुकै पटक हेरे पनि आम्दानी भने हुने छैन ।

युट्युबले आफ्नो आधिकारिक सपोर्ट पेजमा नयाँ नीति सार्वजनिक गर्दै भनेको छः हामी सधैं मौलिक र प्रामाणिक सामग्री चाहन्छौं, अब दोहोरिएका र थोकमा बनाइएका (मास–प्रोड्युस्ड) सामग्रीहरूलाई कडाइका साथ समीक्षा गरिनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ