मनोज भेटवाल हाजिर जमानीमा रिहा

मनोज भेटवाल हाजिर जमानीमा रिहा

Manoj-Kumar-Bhetwal

काठमाडौं । ‘काठमाडौं भ्यू टावर’ टावरका ठेकेदार मनोज भेटवाल हाजिर जमानीमा रिहा भएका छन् ।

चेक बाउन्सको उजुरीका आधारमा गत १३ असारमा पक्राउ परेका भेटवाल अदालतले म्याद थप नगरिदिएपछि गत १९ असारमा छुटेका हुन् ।

१३ असारमा पक्राउ परेका भेटवाललाई सोही दिनबाट गणना हुनेगरी १५ असारमा ६ दिनको म्याद थप गरिएको थियो । उनी पक्राउ परेलगत्तै सुटुक्क अस्पताल भर्ना भएका थिए ।

अस्पतालबाटै म्याद थपका लागि जिल्ला अदालत काठमाडौं उपस्थित भएका भेटवाललाई सो दिन म्याद थप नगरिएको हो ।

स्वास्थ्यको कारण देखाउँदै अदालतले उनीविरुद्ध म्याद थप नगरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा उनी पक्राउ परेका थिए ।

भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ