रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर १२ नेपालीसहित १८ जना बेपत्ता भएका छन् ।
मंगलबार बिहान ३ बजेतिर भोटेकोशी नदीमा आएको बाढीमा परेर १२ जना नेपाली र ६ जना चिनियाँ नागरिक गरी १८ जना बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार, बेपत्ता हुने १२ जना नेपालीमध्ये तीन जना नेपाल प्रहरी, तीन जना ड्राइभर र ६ जना कामदार छन् ।
इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
बाढीमा फसेका ९ जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । बाढीले नेपाल-चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको छ । पुल बगाउँदा नेपाल-चीन सम्पर्क पनि टुटेको छ । बाढीले भन्सार जाँचपासका लागि सुक्खा बन्दरगाह (ड्राइपोर्टमा) राखिएका ईभी गाडीहरू पनि बगाएको छ ।
यस्तै, बाढीले रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि क्षति र्पुयाएको छ ।
अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’