रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर १२ नेपालीसहित १८ जना बेपत्ता भएका छन् ।
मंगलबार बिहान ३ बजेतिर भोटेकोशी नदीमा आएको बाढीमा परेर १२ जना नेपाली र ६ जना चिनियाँ नागरिक गरी १८ जना बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार, बेपत्ता हुने १२ जना नेपालीमध्ये तीन जना नेपाल प्रहरी, तीन जना ड्राइभर र ६ जना कामदार छन् ।
इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
बाढीमा फसेका ९ जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । बाढीले नेपाल-चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको छ । पुल बगाउँदा नेपाल-चीन सम्पर्क पनि टुटेको छ । बाढीले भन्सार जाँचपासका लागि सुक्खा बन्दरगाह (ड्राइपोर्टमा) राखिएका ईभी गाडीहरू पनि बगाएको छ ।
यस्तै, बाढीले रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि क्षति र्पुयाएको छ ।
अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण