काठमाडौंबाट १ करोड ४४ लाख रकम सहित चिनियाँ नागरिक पक्राउ

काठमाडौंबाट १ करोड ४४ लाख रकम सहित चिनियाँ नागरिक पक्राउ

pakrau

पोखरा । काठमाडौं महानगरपालिका– ६ बौद्ध नयाँ बस्तीबाट १ करोड ४४ लाख रकम सहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वर्ष ४० को पासपोर्ट नं. EG2216171 भएको चिनियाँ नागरिक WANG JIAN रहेका छन् ।

सोमबार राति १० बजे नयाँ बस्ती स्थित एक घरमा कोठा भाडामा लिइ बस्ने व्यक्तिको कोठामा श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्तबौद्ध समेतबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट नगद १ करोड ४४ लाखसमेत बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ