काठमाडौं । भिजिट भिषामा कठाई सँगै नक्कली होटल बुकिङमार्फत हुने मानव तस्करीको घटना बढ्दै गएको छ । विशेषगरी युवतीहरूलाई आकर्षक कामको प्रस्तावमा विदेश वा अन्य सहर पठाउने बहानामा एजेन्टहरुको समूहले नक्कली होटल बुकिङ देखाई उनीहरूलाई फसाउने क्रम तीव्र बनेको छ ।
अवैध तवरले खाडी मुलुक पठाउने र तिनको श्रम शोषण गराउने मानवतस्करीको प्रवृत्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः मौलाउन थालेको छ । विगत केही समय सुरक्षामा कडाइ गरिए पनि पछिल्लो समय अध्यागमन कर्मचारी र बिचौलियाहरू बीचको साँठगाँठ झन् बलियो बनेको प्रमाण भेटिएको छ ।
सुरक्षा निकाय र अनुसन्धानले भिजिट भिसाको नाममा भइरहेका आपराधिक गतिविधिविरुद्ध पटक–पटक अनुसन्धान गरे पनि कारबाहीका नाममा भएको कसरत अस्थायी र फितलो सावित भएको छ । भिजिट भिसामा विशेषगरी यूएई हुँदै कुवेत जान लागेका महिला र पुरुषहरूलाई अध्यागमन कार्यालयका कर्मचारीले अवैध रूपमा अनुमति दिँदै आएको तथ्य फेला परेको छ ।
पछिल्लो ६ महिनामा मात्र दर्जनौं युवतीलाई ‘रिसोर्टमा काम छ’ भनेर विभिन्न अनलाइन माध्यमबाट सम्पर्क गरि तस्करी गर्ने प्रयास भएको खुलासा भएको छ। तीमध्ये केही घटनामा युवतीहरूलाई होटलको झूटा बुकिङ देखाई ट्राभल एजेन्सीले नक्कली होटल बुकिङ्ग बनाएर खाडि मुलुकमा पठाउने गरेका छन । यस्तो गिरोहले सामान्यतः फेसबुक, इन्स्टाग्राम, वा टिकटोक जस्ता सामाजिक सञ्जालमा होटल तथा रिसोर्टका नाममा कामको विज्ञापन पोस्ट गर्छन्। इच्छुकले सम्पर्क गरेपछि, उनीहरूलाई नक्कली ‘कन्फर्म बुकिङ’ कागजातसहित सम्बन्धित स्थानमा आउन भनिन्छ। तर, त्यो बुकिङ वास्तविक नभइ फर्जी हुने गर्छ।
गिरोहहरू विशेषगरी ग्रामीण भेगका शिक्षित तर बेरोजगार युवतीलाई लक्षित गर्छन । सरकारले प्रवासी कामदारको व्यवस्थापन गर्न विभिन्न प्रयास गरे तापनि भित्री तवरमा हुने यस्तो तस्करी नियन्त्रण गर्न सकस भएको स्रोतले बतायो । सामाजिक अभियन्ताहरूले सरकारले होटल तथा यात्रा बुकिङ प्लेटफर्महरूमा अनिवार्य प्रमाणिकरण प्रणाली लागू गर्नु पर्ने बताउँदै आएका छन्। साथै, नागरिकहरूलाई अनलाइन माध्यमबाट आएको कुनै पनि अफर स्वीकार गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ ।
अर्चाना विश्वकर्मा नाम गरेकी रुपन्देहीकी २१ वर्षिय एक युवतीलाई भिजिट भिषाको बाहनामा नक्कली होटल बुकिङ्ग र फिर्ता टिकट बनाएर उनलाई भिजिट भिषाको आवरणमा तेस्रो मुलुक पठाएको तथ्य फेला परेको छ । उनी मात्र हैन । प्राय ११ , १२ पठने युवा युवती लाई आकर्षक तलवको प्रलोभनमा उनीहरुलाई खाडि मुलुकमा पठाउनको लागी गिरोह लागी परेको छ । गत आइतवार मात्र ठुलो सङख्यामा ठुटो विवरण बनाएर एजेन्ट खाडिमा युवा युवती पठाएको बुझिएको छ । प्रहरी तथा सरोकारवाला निकायले अनलाइन बुकिङ तथा कामको प्रस्ताव आएको खण्डमा नजिकको प्रहरी कार्यालय वा श्रम विभागमा सम्पर्क गर्न अनुरोध गरेका छन्।तर त्यसलाई आम रुपमा सचेत भएर युवा युवती नलाग्दा तस्करीको रुप अझ विकराल बन्ने गरेको छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण