सुनसरीमा भिनाजुले गरे गोली हानेर सालीको हत्या

सुनसरीमा भिनाजुले गरे गोली हानेर सालीको हत्या

goli

सुनसरी । सुनसरीमा एक व्यक्तिले गोली हानेर आफ्नै सालीको हत्या गरेका छन्।

हरिनगर गाउँपालिका ६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्चना खातुनको हत्या भएको हो ।

खातुनलाई उनका भिनाजु भारतको पत्राहा पञ्चायत १६ घुर्नाका २९ वर्षीय आजात मिया जटले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मियाले सालीको टाउकोमा गोली प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा एउटा खोका फेला परेको छ । घटनापछि मिया फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ

गोली हान्नुको कारण भने खुलेको छैन। घरमा मृतक खातुन र उनकी बहिनी मात्रै बस्दै आएका थिए । घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै पर्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ