त्रिविको सर्भर डाउन, अनलाइनबाट गर्नुपर्ने कामहरु प्रभावित

त्रिविको सर्भर डाउन, अनलाइनबाट गर्नुपर्ने कामहरु प्रभावित

tu

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को सर्भर डाउन भएको छ । आज सोमबार बिहानैदेखि त्रिवि, त्रिवि सेवा आयोग, परीक्षा नियन्त्रण कार्यालय लगायतका वेबसाइट खुलेका छैनन् ।

वेबसाइट नखुल्दा अनलाइन फारम भर्नुपर्ने कामहरु प्रभावित भएका छन् । वेबसाइट नै नखुल्ने भएपछि त्रिवि सेवा आयोगले खुलाएको विज्ञापनमा आवेदन दिन नपाइएको सेवाग्राहीको गुनासो छ ।

त्रिविले २१ जेठमा ५०० बढी प्राध्यापक र उपप्राध्यापक पदहरुमा विज्ञापन खुलाएको थियो । ती विज्ञापनमा आवेदन दिने म्याद साउन पहिलो सातासम्म छ ।

आइतबार रातिदेखि नै प्राविधिक समस्या आएको र बनाउने काम भइरहेको त्रिवि प्रशासनले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ