पोखरा सभागृह लगातार दोस्रो दिन पनि भरिभराउ भयो । हलमा प्रतिभाका विद्यार्थी खचाखच भरिए । कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरु, उनीहरुका अभिभावक तथा नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्ने कक्षा १२ का विद्यार्थीहरुले सभागृह भरिएको हो ।
पालिखेचोकस्थित प्रतिभा माविले कक्षा ११ मा विज्ञान विषयमा भर्ना भएका नवआगन्तुक विद्यार्थीका लागि मंगलबार पनि स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको हो । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरी प्रतिभामा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको हो ।

विद्यालयले सोमबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि स्वागत कार्यक्रम राखेको थियो । मंगलबार भने विज्ञान विषयका विद्यार्थीका लागि स्वागत र उत्प्रेरणामुलक कार्यक्रम राखेको विद्यालयका प्राचार्य किरण सापकोटाले बताए ।
मंगलबारको कार्यक्रमको राष्ट्रिय परीक्षा बोर्ड पोखराका प्रमुख गोविन्दराज पोखरेलले उद्घाटन गरेका थिए ।

कार्यक्रम उद्घाटन गर्दै परीक्षा बोर्डका प्रमुख पोखरेलले पोखरामा उत्कृष्ट शिक्षा प्रदायक शैक्षिक संस्थाले सिंगो गण्डकी प्रदेशको पहिचान बढाउँदै गएको बताए ।
उनले भर्खर कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई सुझाउँदै भने, ‘अबको दुइवर्ष मेहनत गर्ने हो भने भविश्य उज्जवल बन्नेछ ।’ पोखरामा गर्व गर्न लायक शैक्षिक संस्था थपिँदै जाँदा सिंगो प्रदेशको सान नै बढेको पनि उनले बताए ।

विषेश अतिथि मणिपाल शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा. अभिषेक मास्केले विज्ञान विषय पढेका विद्यार्थीका लागि भविश्यमा सर्वत्र अवसर रहेको बताए । भविष्यमा जुनसुकै क्षेत्रमा जान पनि सकिने भएकोले विज्ञान विषयले विद्यार्थीलाई सहजीकरण गर्ने उनले बताए ।

विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यार्थीले मेहनत गरेर अध्ययन गरेको खण्डमा त्यसको परिणाम पनि उत्कृष्ट नै आउने बताए । समय अनुसारको शिक्षा दिलाउन विद्यालय हरदम तयार रहेको उनले सुनाए ।
‘प्रतिभाले हरेक वर्ष हरेक क्षेत्रमा प्रतिभा उत्पादन गरिरहेको छ । आगामि दिनमा ती प्रतिभा अझै थपिनेछन,’ उनले भने, ‘विद्यार्थीलाई प्रतिभावान बनाउन हामी हरदम छौं ।’

विद्यालयका प्राचार्य सापकोटाले विद्यार्थीलाई सफल बनाउन विद्यालय हरदम तयार रहेको बताए । ‘हामी विद्यार्थीको सफलताका लागि हरदिन खटिनेछौ । विद्यार्थीको भविश्य उज्जवल बनाउनका लागि कुनै कमजोरी रहनेछैन,’ सापकोटाले भने, ‘विद्यार्थीले सपना देख्नुपर्छ, त्यो सपना पूरा गर्न विद्यार्थी स्वयं लागिपर्नु पर्छ । त्यसबाहेक हामी आफै पनि विद्यार्थीको सपनालाई पूरा गर्न रातदिन खटिनेछौं ।’

प्राचार्य सापकोटाले हरेक विद्यार्थीमा एउटा न एउटा क्षमता हुने बताए । विद्यार्थीलाई सुझाउँदै प्राचार्य सापकोटाले भने, ‘सपना सगरमाथाको टुप्पोमा पुग्ने देख्नुस । तपाईं आधारशिविरसम्म त पक्कै पुग्न सक्नुहुन्छ । सगरमाथाको टुप्पोमा पुग्न नसक्दैमा आँट गर्न नछोड्नुस ।’ प्राचार्य सापकोटाले अबका दुइवर्ष जिवनका लागि अमुल्य हुने बताउँदै भने, ‘अबको दुइवर्षको दुखले जीवन सुख हुनेछ । त्यसैले ब्यक्तिबाट ब्यक्तित्व बन्ने प्रयास गर्नुपर्छ ।’

कार्यक्रममा गायक सुगम पोखरेलले विद्यार्थीका लागि मनोरञ्जन पस्केका थिए । उक्त अवसरमा एसइइमा जिपिए ४ अंक ल्याएर प्रतिभा माविमा विज्ञान विषयमा ११ कक्षामा भर्ना भएका विद्यार्थी, उनीहरुका अभिभावक र विद्यार्थीले अध्ययन गरेको विद्यालयका प्राचार्यलाई समेत सम्मान गरिएको थियो ।




सबै तस्वीरः परिचय
सोमबारको कार्यक्रम:
प्रतिभाद्वारा नवआगन्तुक व्यवस्थापन संकायका विद्यार्थीलाई स्वागत





सम्बन्धित खबर
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
प्रतिभाकी करिना हिसान कास्कीको तत्स्थान कविता लेखन प्रतियोगितामा सर्वोत्कृष्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’