काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसइई)को मौका परीक्षा यही साउन २९ गतेबाट सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ साल चैत ७ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि मौका परीक्षा तालिका समेत सार्वजनिक गरिसकेको छ।
परीक्षा तालिका अनुसार उक्त परीक्षा साउन २९ गतेदेखि सुरु भएर भदौ ६ गते सकिनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। यही मौका परीक्षाका लागि अहिले तीव्र तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक तारानाथ निरौलाले जानकारी दिए। ‘एसइई मौका परीक्षा मर्यादित ढंगले सञ्चालन गर्न आवश्यक तयारी भइरहेको छ,’उनले भने।
२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरु भएर १४ गते सकिएको थियो। प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो। उक्त परीक्षामा एसइई परीक्षामा सामुदायिक र संस्थागत गरी जम्मा ११ हजार २१६ वटा विद्यालयबाट ५ लाख १४ हजार ७१ जनाले फाराम भरेका थिए। सबै विद्यार्थी परीक्षामा भने सहभागी भएनन्।
बोर्डले फाराम भरेका नियमित र ग्रेडवृद्धि सबै गरी करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी नभएको जनाएको छ। परीक्षा बोर्डले यो परीक्षाको नतिजा असार १३ गते सार्वजनिक गर्याे। ०८१ को एसइई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी पास भए।
नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपीएदेखि ४ जीपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना र २.८ जीपीएदेखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी छन्।
त्यसैगरी २.४ जीपीएदेखि २.८ जीपीएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जीपीएदेखि २.४ जीपीए ल्याउने चार हजार १३६ जना र १.६ देखि २ जीपीए ल्याउने आठजना परीक्षार्थी छन्।
एक लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अवर्गीकृत अर्थात् फेल भएका छन्। गणितमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन्। यो वर्ष गणित विषयमा मात्रै एक लाख २८ हजार २१८ जना परीक्षार्थी फेल भए। यी विद्यार्थीहरूले मौका परीक्षा दिँदै छन्।
४८० परीक्षा केन्द्र कायम हुने
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक निरौलाका अनुसार यो मौका परीक्षाका लागि देशभर ४८० परीक्षा केन्द्र तोक्ने तयारी छ। ‘अहिले नै यकिन चाहिँ छैन किन भने यसका लागि विभिन्न ठाउँबाट जानकारी आउँदै छ, हिसाब गर्दा अनुमानित ४८० परीक्षा केन्द्र तोकिने देखिएको छ,’ उनले भने।
गत चैतमा सञ्चालन भएको एसइई परीक्षाका लागि भने देशभर २ हजार ७९ वटा र जापानमा एउटा परीक्षा केन्द्र तोकिएको थियो। यो मौका परीक्षा कति जना विद्यार्थीहरूले दिँदै छन् भन्ने यकिन जानकारी केही दिनमा आउने उनले बताए। ‘अहिले विद्यार्थीहरूले परीक्षा फारम भरिरहेका छन्, साउन १६ गतेसम्म परीक्षा फाराम भर्ने समय छ,य सपछिमात्रै यसबारे यकिन जानकारी हुन्छ,’उनले भने।
कुन दिन के विषयको परीक्षा ?
बोर्डले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार यही साउन २९ गते अनिवार्य अंग्रेजी, संस्कृत/वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना अनिवार्य अंग्रेजी र मदर्सातर्फ अनिवार्य अरेबिक भाषा/अनिवार्य अंग्रेजी परीक्षा हुने छ।
साउन ३० गते अनिवार्य नेपाली, गैरनेपाली विद्यार्थीहरूका लागि अन्य भाषा विषयको परीक्षा हुनेछ। साउन ३१ गते अनिवार्य गणित सञ्चालन हुनेछ। भदौ १ गते अनिवार्य विज्ञान तथा प्रविधि, संस्कृत/वेदविद्याश्रमतर्फ शुक्लयजुर्वेद/ सामवेद/ ऋग्वेद/अथर्ववेद/नीतिशास्त्र अनिवार्य विज्ञान तथा प्रविधि लगायत विषयकाे परीक्षा सञ्चालन हुनेछ।
सम्बन्धित खबर
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण