अनेरास्ववियु गण्डकीमा जिम्मेवारीः किशोर इञ्चार्ज, सुशन संयोजक, विश्वदर्शन र सुरज सहसंयोजक

नयाँ जिम्मेवारी

अनेरास्ववियु गण्डकीमा जिम्मेवारीः किशोर इञ्चार्ज, सुशन संयोजक, विश्वदर्शन र सुरज सहसंयोजक

akhil gandaki 2082

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटीले विभिन्न प्रदेशमा जिम्मेवारी तोकेको छ ।  अनेरास्ववियु केन्द्रको परिपत्रअनुसार गण्डकी प्रदेश इञ्चार्जमा ई. किशोर चन्द्र सुवेदी नियुक्त भएका छन् ।

अनेरास्ववियु गण्डकीको नेतृत्व सुशन घिमिरेलाई दिइएको छ । अध्यक्ष प्रबिन श्रेष्ठ उमेरहदका कारण बाहिरिएपछि घिमिरेलाई केन्द्रले संयोजक तोकेको हो । सहसंयोजकद्वयमा विश्वदर्शन पराजुली र सुरज सापकोटा नियुक्त भएका छन् ।

अधिवेशनबाट निर्वाचित अध्यक्ष श्रेष्ठले जाँदाजाँदै दुई जना उपाध्यक्ष छाडेर सचिव सुरज सापकोटालाई प्रदेश संयोजकको जिम्मेवारी दिएर विवादित निर्णय गरेका थिए ।

श्रेष्ठले आफूखुशी गरेको निर्णयलाई केन्द्रले सच्याउँदै जिम्मेवारी तोकेको हो । यसै कमिटीले अब नयाँ अधिवेशन सम्पन्न गर्नेछ ।

केन्द्रले गण्डकीका ११ वटै जिल्लाका साथै पोखरा महानगर कमिटीको ईञ्चार्जको जिम्मेवारी पनि तोकेको छ ।

हेर्नुहोस्ः

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ