पोखरा महानगरसहित १४ वडा कार्यालय पूर्ण क्षति, ९ वडा सुरक्षित र १० मा आंशिक क्षति

क्षति

पोखरा महानगरसहित १४ वडा कार्यालय पूर्ण क्षति, ९ वडा सुरक्षित र १० मा आंशिक क्षति

Pokhara mahanagar

पोखरा । जेन-जी आन्दोलनका क्रममा पोखरा न्यूरोड स्थित महानगरपालिका आगजनी पश्चात् कार्यालयको भवन खरानी बन्यो ।  कार्यालय, फर्निचर, फाइलदेखि लिएर कम्प्युटर, सर्भरसमेत ध्वस्त भएका कारण भदौ २४ गतेदेखि सबै सेवा पूर्ण रूपमा रोकिए । वडा कार्यालयहरुमा पनि तोडफोड र आगजनी भयो ।

आन्दोलनका क्रममा पोखराका अधिकांश वडामा क्षति पुगेको छ । वडा नम्बर १, २, ३, ४, ५, ८, ९, १०, ११, १२, १३, १४, १५ र १६ का वडा कार्यालयहरु कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

वडा नम्बर ६, ७, १७, १८, १९, २०, २५, २९, ३० र ३२ मा आंशिक क्षति पुगेको छ ।

पोखरा महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीका अनुसार महानगरका ग्रामीण भेगका वडामा आन्दोलनकारीले क्षति पु¥याउन भ्याएनन् ।

पोखराका ९ वटा वडामात्र सुरक्षित रहेका छन् । वडा नम्बर २१, २२, २३, २४, २६, २७, २८, ३१ र ३३ मा कुनै क्षति भएको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ