पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा आयोजित एकदिने विज्ञान प्रदर्शनीमा कक्षा ११, विज्ञान संकाय, सेक्शन एका विद्यार्थीद्वय दिक्षान्त लालचन र लिलेश श्रेष्ठले निर्माण गरेको सर्भिङ रोबोट सर्वोत्कृष्ट ठहरिएको छ । जुन टीमले २० हजार नगद जित्न सफल भयो ।
विद्यालयले प्रकाशन गरेको नतिजा अनुसार सेक्सन एचका सुस्मित पौडेल, शुशान्त पौडेल र सुशान्त सिग्देलले बनाएको एयरक्राफ्ट फस्र्ट रनरअप बन्दै १५ हजार जित्न सफल भयो ।
कक्षा १२, विज्ञान संकाय, सेक्शन एचका सजन रावल, आशिष सुवेदी र सञ्जय विकले निर्माण गरेको अटोमेटेट कार पार्किङ सिस्टम सेकेण्ड रनरअप बन्दै ७ हजार ५ सय जित्यो ।
यसैगरी, सोहि सेक्शनका सुलभ रेग्मी र डार्विन ढकालले उत्पादन गरेको वेस्ट टु इनर्जी नामक फोहोरबाट उर्जा बनाउने प्रोजेक्ट थर्ड रनरअप बन्दै ७ हजार ५ सय नै प्राप्त गर्न सफल भयो ।
विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार कक्षा ४ देखि १२ सम्मका विद्यार्थीले तयार पारेका विज्ञान विषयसँग सम्बन्धित प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको थियो । व्यक्तिगत र समूहगत गरेर करिब ३ सय ५० प्रोजेक्ट विद्यार्थीले तयार पारेका थिए ।

विद्यार्थीमा नयाँ ज्ञानको खोजी गर्नका लागि विज्ञानसँग सम्बन्धित रहेर विभिन्न उपकरण र प्रोजेक्ट तयार पार्न लगाइएको थियो । तिनै सामाग्री र प्रोजेक्टलाई प्रदर्शनमा राखिएको विद्यालयका प्राचार्य सापकोटाले बताए । दसैंतिहारको लामो बिदामा विद्यार्थीलाई विज्ञान विषयसँग सम्बन्धित रहेर विभिन्न सामाग्री तयार पार्न लगाएको र तिनै प्रोजेक्ट प्रदर्शनमा राखेको उनले बताए ।
विद्यार्थीले बनाएका प्रोजेक्टको मुल्यांकन गर्नका लागि प्राडा शोभाकान्त लामिछानेको संयोजकत्वमा शिव देवकोटा र हरि बराल सहितको निर्णायक मण्डल रहेको थियो ।
विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीको शिक्षालाई व्यावहारिक बनाउनका लागि यस्ता गतिविधिले महत्व राख्ने बताए । पौडेलले भने ‘सानै उमेरमा अनुसन्धानको सोच बढाउन यस्ता गतिविधि सहयोगी बन्छन ।’
विज्ञान विषयका विद्यार्थीका लागि विज्ञान प्रदर्शन कार्यक्रम गरिएको र व्यवस्थापन विषयका विद्यार्थीका लागि बिजनेस योजना बनाउनेबारे प्रतिश्पर्धा गराउने विद्यालयले जानकारी दिएको छ ।
त्यस्तै, होटल व्यवस्थापनका विद्यार्थीका लागि एकदिने फूड फेस्टिबल आयोजना पनि हुनेछ ।
सम्बन्धित समाचारः
प्रतिभा माविमा विज्ञान प्रदर्शनी
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म
विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षा आजको आवश्यकता: प्रदेश प्रमुख भट्ट
फागुन २१ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर