पोखरा । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५‘जे’ नेपालअन्तर्गत लायन्स क्लब अफ पोखरा सिमलचौतारीद्वारा आयोजित वार्षिक पिस पोस्टर प्रतियोगितामा न्यु मोडेल सेकेन्डरी स्कुल, नागढुंगाकी कक्षा ७ मा अध्ययनरत छात्रा सुसम रानाभाटले प्रथम स्थान हासिल गरेकी छन् ।
विश्वव्यापी शान्ति र सहअस्तित्वको सन्देश फैलाउने उद्देश्यका साथ आयोजना गरिएको यस प्रतियोगितामा पोखराका १५ वटा विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । आयोजकका अनुसार, विद्यार्थीहरूले शान्तिका विभिन्न आयामहरूलाई आआफ्नो सृजनात्मक शैलीमा प्रस्तुत गरेका थिए ।
लायन्स क्लब अफ पोखरा सिमलचौतारीका अध्यक्ष तथा विद्यालयका सहप्राचार्य पदम वस्ताकोटीले यस वर्षको शान्ति पोस्टर प्रतियोगिता ‘सँगसँगै मिलेर एक हौँ’ भन्ने मूल नारामा आधारित रहेको जानकारी दिए । उनले यस प्रतियोगितामार्फत् विद्यार्थीहरूमा विश्वमैत्री, सहिष्णुता र एकताको भावना जागृत गर्ने क्लबको उद्देश्य पुनः पुष्टि भएको बताए । वस्ताकोटीका अनुसार पिस पोस्टर प्रतियोगिता लायन्स इन्टरनेसनलको विश्वव्यापी अभियानको एक हिस्सा हो र यसबाट छनोट भएका उत्कृष्ट कलाकृतिहरूलाई प्रदेश तथा राष्ट्रिय तहसम्मको प्रतिस्पर्धाका लागि सिफारिस गरिनेछ ।
प्रतियोगिताका निर्णायक कलाकार कृष्ण गुरुङले सुसम रानाभाटको चित्रकलाले शान्ति, सहकार्य र साझा यात्राको प्रतीकात्मक प्रस्तुतिलाई अत्यन्त प्रभावकारी ढङ्गले अभिव्यक्त गरेको बताए । उनका अनुसार सुसमले प्रयोग गरेको रङ्ग संयोजन, विषयको स्पष्टता र कलात्मक अभिव्यक्तिले अन्य प्रतिस्पर्धीहरूको तुलनामा भिन्न र उत्कृष्ट पहिचान स्थापित गरेको थियो ।
सुसम रानाभाटको यो सफलताप्रति विद्यालय परिवार, अभिभावकले खुसी व्यक्त गरेका छन् । विद्यालयका शिक्षकहरूले सुसम अध्ययनमा मात्र नभई सृजनात्मक कलामा पनि अत्यन्त सक्षम र परिश्रमी छात्रा रहेको बताएका छन् ।
सम्बन्धित खबर
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
प्रतिभाकी करिना हिसान कास्कीको तत्स्थान कविता लेखन प्रतियोगितामा सर्वोत्कृष्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’