फागुन २१ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी

शिक्षा

फागुन २१ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी

National Examination Board NEB 1

आगामी फागुन २१ गते हुने तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रभावित हुने भएको छ ।

जनक शिक्षा सामाग्री केन्द्रले मतपत्र छपाई कार्य सुरु गरेसँगै अगामी चैत पहिलो साता गर्ने तयारी रहेको एसइई परीक्षा कार्यतालिका नै प्रभावित हुने भएको राष्ट्रिय परीक्षा बोर्डका एसइई तर्फका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए ।

उनले निर्वाचनलाई केन्द्रमा राखेर बोर्डले आगामी एसइई परीक्षाको रुटिङ सार्वजनिक गर्ने तयारीमा जुटेको बताए । निर्वाचनले परीक्षा केहि दिन सार्नु पर्ने अवस्था सृजना भएको उनको भनाइ छ ।

बोर्डको क्यालेन्डर अनुसार यो वर्षको एसइई ०८२ चैतको पहिलो सातादेखि सञ्चालन गर्ने तयारी थियो । जनक शिक्षाले प्रश्नपत्र छपाईमा केहि दिन ढिला हुन सक्ने संकेत गरेसँगै एसइई केहि साता सार्नु पर्ने अवस्था आएको नियन्त्रक अधिकारीले बताए ।

यस पटक एसइई परीक्षाको लागि ५ लाख १७ हजारले परीक्षा फारम भरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds