संघीय सरकारले देशभर वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना र २१ गतेबाट पठनपाठन सुरु गर्ने निर्णय गरे पनि स्याङ्जाको फेदीखोला गाउँपालिकाले आफ्नै तालिका अघि सारेको छ । गाउँपालिकाले वैशाख २ गतेदेखि नै विद्यार्थी भर्ना अभियान सुरु गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाका अनुसार वैशाख २ देखि ७ गतेसम्म भर्ना अभियान सञ्चालन गरिनेछ भने वैशाख ९ गतेबाट नियमित कक्षा सञ्चालनमा ल्याइनेछ । शुक्रबार बसेको गाउँकार्यपालिकाको बैठकले उक्त निर्णय गर्दै आवश्यक तयारी तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले स्थानीय आवश्यकताका आधारमा शैक्षिक गतिविधि अघि बढाइएको बताए । “हामीले स्थानीय अवस्था र विद्यार्थीको हितलाई ध्यानमा राखेर आफ्नै शैक्षिक क्यालेन्डर अनुसार अघि बढ्ने निर्णय गरेका हौँ,” उनले भने, “यसले शैक्षिक सत्र व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”
गाउँपालिकाले शिक्षा शाखामार्फत वार्षिक शैक्षणिक योजना तयार गरी सबै विद्यालयमा पठाउने तयारी पनि गरेको जनाएको छ । सोही योजनाअनुसार विद्यालयहरू सञ्चालनमा ल्याइनेछ ।
यस्तै, गाउँपालिकाले शिक्षा मन्त्रालयबाट जारी परिपत्रप्रति ध्यानाकर्षण गराउँदै आधारभूत तथा माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार भएको उल्लेख गरेको छ । अध्यक्ष सुवेदीका अनुसार संविधान र कानुनले दिएको अधिकारअनुसार स्थानीय तहले आफ्नो सन्दर्भअनुसार शैक्षिक नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।
“शिक्षा जस्तो संवेदनशील क्षेत्रमा निर्णय गर्दा स्थानीय तहसँग पूर्वपरामर्श आवश्यक हुन्छ,” उनले भने, “हामी संघीय सरकारलाई स्थानीय आवश्यकता अनुसार निर्णय गर्न दिन, परिपत्रलाई मार्गनिर्देशकका रूपमा मात्रै लिन र तीन तहबीच समन्वय अझ सुदृढ बनाउन आग्रह गर्छौँ ।”
फेदीखोला गाउँपालिकाको यस निर्णयलाई स्थानीय स्तरमा चासोका साथ हेरिएको छ ।
सम्बन्धित खबर
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन