निरन्तरको वर्षाका कारण काठमाडौंको ‘लाइफलाइन’का रूपमा रहेको पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरो र सडक कटान हुँदा यातायात सेवा पूर्ण रूपमा प्रभावित बनेको छ।
राजमार्गको धादिङ खण्डमा पर्ने जहरे खेत, वाङ्गे र रातमाटे क्षेत्रमा पहिरो खसेको छ भने धादिङको मलेखुदेखि चितवनको मुग्लिनसम्म मात्रै ८ देखि ९ स्थानमा साना-ठूला पहिरो गई बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।
विशेषगरी यो सडक खण्डको सबैभन्दा संवेदनशील मानिने कृष्णभीर क्षेत्रमा पुनः पहिरो खसेपछि सर्वसाधारण र प्राविधिक टोलीको ध्यान त्यतातर्फ केन्द्रित भएको छ। कृष्णभीरमा माथिबाट पहिरोको मुख्य भाग खस्न थालेको छ भने लेदोसहितको पहिरो निरन्तर झरिरहेको छ। सडकको तल्लो भागमा रहेको करिब १५ देखि २० मिटर लामो पुरानो ग्याबिन वाल पूर्ण रूपमा भत्किएको छ।
ग्याबिन भत्किएपछि सडकको डिल (सोल्जर) साँघुरो बनेको र माथिबाट निरन्तर लेदो खसिरहेकाले तत्काल पहिरो पन्छाएर सवारी सञ्चालन गर्न कठिन भइरहेको निर्माणाधीन सडक आयोजनाका प्रोजेक्ट कोअर्डिनेटर ईश्वर नेपालले बताए। ‘माथिबाट लेदो खसिरहेकाले अहिले सफा गर्न कठिन छ तर पानी रोकिएर अहिलेकै अवस्था रहेमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गर्न सकिन्छ,’ नेपालले भने, ‘तल्लो ग्याबिन वाल खसेको भए पनि सडकको मुख्य भाग भने कटान हुनबाट जोगिएको छ।’
यसैगरी, ज्यामिरे घाटमा दुई-तीन ठाउँमा पहिरो खसेर बाटो ठप्प भएको छ भने जवाङ खोला नजिकै माथिबाट ठूला ढुंगा खस्दा सडक अवरुद्ध छ। उता चितवन खण्डको धारापानी भन्ने स्थानमा भने तलबाट १५ देखि २० मिटरसम्म बाटो धसिएकाले सडक एकतर्फी मात्र बनेको छ।
सडक आयोजनाका अनुसार निरन्तर वर्षा भइरहेकाले आज तत्काल सडक खुलाउन सक्ने अवस्था छैन। यद्यपि, वर्षा रोकिएको खण्डमा पहिरो पन्छाएर एकतर्फी रूपमा भए पनि सवारी साधन सञ्चालन गर्ने प्रयास गरिने जनाइएको छ।
१० भदौको भोटेकोशी बाढीपछि त्रिशूली नदीमा आएको बाढीले भित्ता कटान गर्दा १४ भदौमा कृष्णभीर सडक खण्डमा पहिरो गएको थियो । भासिएको सडकखण्डमा नयाँ ट्र्याक खोलेर १८ दिनपछि असोज १ गतेदेखि मात्रै सडक सञ्चालनमा ल्याइएको थियो ।
सम्बन्धित खबर
धेरै भयो राष्ट्रसंघमा जलवायु न्यायको आवाज उठाएको, विश्वले कहिले सुन्ला नेपालको माग ?
पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो र कटान, कृष्णभीरलगायतका सडकखण्ड अवरुद्ध
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते