पोखरा । रोटरी क्लब अफ पोखरा न्यूरोड , रोटरी क्लब अफ चेन्नई मेट्रो, भारत र रोटरी क्लब अफ पोखरा क्यापिटलको संयुक्त आयोजना तथा फेदीखोला गाउँपालिका–४, आँखीखोला, स्याङ्जाको विशेष सहयोगमा १०१ घरपरिवारलाई विद्युतीय चुलो तथा भाँडाकुँडा वितरण गरिएको छ।
भदौ १२ गते आँखीखोलास्थित श्री जनआदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा सामग्री वितरण गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा रोटरी क्लब अफ चेन्नई मेट्रो तथा डिस्ट्रिक्ट ३२३४ का पूर्व डिस्ट्रिक्ट गभर्नर एन. एस. सरावणन तथा विशेष अतिथिका रूपमा रोटरी क्लब अफ चेन्नई मेट्रोका पूर्व अध्यक्ष एस. साई सहभागी थिए।
कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का तर्फबाट लक्ष्मी थापाले विद्युतीय चुलोको प्रयोग, स्वास्थ्य तथा वातावरणीय फाइदाबारे जानकारी दिएकी थिइन्।
रोटरी क्लब अफ पोखरा क्यापिटलका अध्यक्ष रमेश बराल र वडा अध्यक्ष श्यामनारायण पौडेलले सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रमका अध्यक्ष गुरुङले उक्त कार्यक्रम रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर विष्णुहरि काकीको वार्षिक कार्ययोजनाअन्तर्गत आयोजना गरिएको जानकारी दिए। विद्युतीय चुलोको प्रयोगले दाउराको धुवाँबाट हुने स्वास्थ्य असर न्यूनीकरण गर्नुका साथै वातावरण संरक्षणमा समेत सहयोग पुग्ने उनले बताए।
कार्यक्रमका लागि विशेष सहयोग गरेको फेदीखोला गाउँपालिका–४ प्रति उनले आभार व्यक्त गरे।
प्रत्येक परिवारलाई एक थान विद्युतीय चुलो, एक थान कराही, एक थान कुकर र एक थान ताम्के वितरण गरिएको थियो। कार्यक्रममा रोटेरियन, वडाका जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको समेत उपस्थिति थियो।
कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्यूरोडका उपाध्यक्ष छवि सुवेदीले स्वागत गरेका थिए भने सहसचिव कुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।
सम्बन्धित खबर
रोटरीद्वारा १०१ परिवारलाई विद्युतीय चुलो तथा भाँडाकुँडा वितरण
बाढीपछि बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि सञ्चालनमा आउने
कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा
सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सुचारु
बाढीले बगायो मिर्मी–हर्मिचौर जोड्ने पुल
२९ वर्षीय ढकाल बने गण्डकीकै कान्छो कांग्रेस पालिका सभापति
यो पनि पढौँ
रामघाटमा सेती नदी थुनिँदा बन्यो ताल [तस्वीरहरू]
‘बालेन’को कालो चस्मा बन्यो द न्युयोर्क टाइम्सको हेडलाइन
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम