क्यानडामाथि नेपालको महत्त्वपूर्ण जित

खेलकुद

क्यानडामाथि नेपालको महत्त्वपूर्ण जित

crickket

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा क्यानडाविरुद्ध २४ रनको जितेको छ । जितसँगै नेपालले अंक तालिकामा ३३ खेलबाट २६ अंक बनाएको छ ।

क्यानडासामू २ सय ३६ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा रोहित पौडेलले शतक प्रहार गरे । मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले टस जित्दै फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय ३५ रन बनाएको हो ।

जवाफमा ओमान २ सय ११ रनमा नै अलआउट भयो । नेपालको सुरुआत भने बिर्सनलायक रह्यो । नेपालले ओपनर आसिफ शेखलाई ४ रनमै गुमाउँदा दोस्रो विकेटका लागि ईशान पाण्डे शून्यमा आउट भए । अर्का ओपनर अर्जुन कुमालले ५३ बलमा २३ रनको ईनिङ्ग्स खेले पनि थप रन जोड्न सकेनन् । त्यसपछि भने नेपालले कमब्याक गरेको थियो । अर्को एन्डमा गुल्सनको साथ पाएका रोहितले एक दिवसीय क्रिकेटमा तेस्रो शतक प्रहार गरेका छन् । उनले १ सय २५ बलमा खेलेर शतक बनाएका हुन् । खेलमा उनले कुल १ सय २७ बल खेलेर १ सय १ रनमा आउट भए । गुल्सन झा ४८ बलमा क्याचआउट भएका छन् । बसिरको नाममा ३० रन रह्यो ।

क्यानडाका लागि अखिल कुमार र सुखजिन्दर सिंहले समान ३/३ विकेट लिएका थिए । यद्यपि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो ।

जवाफमा क्यानडाका ओपनर युवराज शर्मा एक रनमा नै आउट भए पनि आरोन जोनसन र समित गोहेलले ६३ रनको साझेदारी गरेका थिए । कप्तान सन्दीप लामिछानेले आदित्य वरादराजनलाई शून्यमा आउट गराएर नेपाललाई कमब्याक गराएका थिए । त्यसपछि श्रेयस मोभ्वालेर् २६, हमजा तारिकले २६ र अखिल कुमारले अविजित ३० रन बनाए पनि नेपालको जित रोक्न सकेनन् ।

नेपालका लागि नन्दन यादव करण केसी ललित राजवंशी र सन्दीप लामिछानेले समान २२ विकेट लिएका थिए ।

लिग-२ मा क्यानडा २५ अंकसहित सातौँ स्थानमा छ । अब नेपाले अर्को खेलमा ओमानसँग मंगलबार खेल्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ