पोखरा, १६ कार्तिक / पृथ्वीनारायण शाहको शालिक पुनस्र्थापना संघर्ष समितिको आयोजनामा बुधबारदेखि रिले अनशन सुरु भएको छ । पृथ्वीचोकमा लखन थापाको शालिक स्थापना गरिएकोमा त्यसो नगर्न भन्दै महानगर कार्यालयको गेटै नजिक बिहान ९ नै बजेदेखि अनशन सुरु गरेका हुन् ।
पृथ्वीनारायण शाहको शालिक पुनस्र्थापना संघर्ष समितिका प्रतिनिधि, विश्व हिन्दू महासंघ कास्की, स्थानीय आमा समूहका प्रतिनिधि तथा बिभिन्न सामाजिक संघ÷संस्थाका अगुवाहरु अनशनमा बसेका छन् ।

समितिका सचिव अशिल कुमार शाहीले आफूहरुले रहर नभई बाध्यतावस अनशनमा बस्नु परेको धारणा राखे । उनले भने ‘महानगरले दोहोरो चरित्रको निर्णय ग¥यो’ । महानगरले भन्ने एक गर्ने अर्को गरेको कारण आफूहरु आन्दोलनमा होमिन परेको बताए । उनले पृथ्वीचोकमा शालिक राख्नै परेमा पृथ्वीनारायण शाहको शालिक राख्न आग्रह गरे । उनले सोही ठाउँमा शाहको शालिक नराखेता पनि अन्य ठाउँमा लगेर राख्नुपर्नेमा जोड दिए ।
संघर्ष समितिले २० गते साझ राँके जुलुस र कात्तिक २१ गतेदेखि अनिश्चतकालीन पोखरा उपत्यका बन्दको घोषणासमेत गरेको छ । पृथ्वीचोकमा लखन थापाको शालिक स्थापना गरिएकोमा संघर्ष समितिका अध्यक्ष शंकर खराल र अन्य २ जनाले उच्च अदालतमा मुद्दा दर्ता गराएका छन् ।
मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका र मगर संघ कास्कीलाई विपक्षी बनाइएको छ । बहसपछि अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश श्यामजी प्रधानको एकल इजलाशले उक्त आदेश जारी गरेको थियो । शालिक राख्ने नै हो भने पृथ्वीनारायण शाहको शालिक राख्न रिटमा माग गरिएको छ । बहसमा निवेदकको तर्फबाट माधव बास्तोला, गीता आचार्य, भरतराज पौडेल, खिमबहादुर थापाले बहस गरेका थिए ।
समितिले यस भन्दा अगाडि मोटरसाइकल ¥याली, कोणसभा, जनप्रदर्शन गर्दै आएको छ । काम रोक्न उच्च अदालत पोखरामा रिट दर्ता भएपनि लखन थापाको अर्धकदको शालिक सोही स्थानमा स्थापना गरिसकिएको छ ।

Samadhan
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु