पोखरा, १६ कार्तिक / पृथ्वीनारायण शाहको शालिक पुनस्र्थापना संघर्ष समितिको आयोजनामा बुधबारदेखि रिले अनशन सुरु भएको छ । पृथ्वीचोकमा लखन थापाको शालिक स्थापना गरिएकोमा त्यसो नगर्न भन्दै महानगर कार्यालयको गेटै नजिक बिहान ९ नै बजेदेखि अनशन सुरु गरेका हुन् ।
पृथ्वीनारायण शाहको शालिक पुनस्र्थापना संघर्ष समितिका प्रतिनिधि, विश्व हिन्दू महासंघ कास्की, स्थानीय आमा समूहका प्रतिनिधि तथा बिभिन्न सामाजिक संघ÷संस्थाका अगुवाहरु अनशनमा बसेका छन् ।

समितिका सचिव अशिल कुमार शाहीले आफूहरुले रहर नभई बाध्यतावस अनशनमा बस्नु परेको धारणा राखे । उनले भने ‘महानगरले दोहोरो चरित्रको निर्णय ग¥यो’ । महानगरले भन्ने एक गर्ने अर्को गरेको कारण आफूहरु आन्दोलनमा होमिन परेको बताए । उनले पृथ्वीचोकमा शालिक राख्नै परेमा पृथ्वीनारायण शाहको शालिक राख्न आग्रह गरे । उनले सोही ठाउँमा शाहको शालिक नराखेता पनि अन्य ठाउँमा लगेर राख्नुपर्नेमा जोड दिए ।
संघर्ष समितिले २० गते साझ राँके जुलुस र कात्तिक २१ गतेदेखि अनिश्चतकालीन पोखरा उपत्यका बन्दको घोषणासमेत गरेको छ । पृथ्वीचोकमा लखन थापाको शालिक स्थापना गरिएकोमा संघर्ष समितिका अध्यक्ष शंकर खराल र अन्य २ जनाले उच्च अदालतमा मुद्दा दर्ता गराएका छन् ।
मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका र मगर संघ कास्कीलाई विपक्षी बनाइएको छ । बहसपछि अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश श्यामजी प्रधानको एकल इजलाशले उक्त आदेश जारी गरेको थियो । शालिक राख्ने नै हो भने पृथ्वीनारायण शाहको शालिक राख्न रिटमा माग गरिएको छ । बहसमा निवेदकको तर्फबाट माधव बास्तोला, गीता आचार्य, भरतराज पौडेल, खिमबहादुर थापाले बहस गरेका थिए ।
समितिले यस भन्दा अगाडि मोटरसाइकल ¥याली, कोणसभा, जनप्रदर्शन गर्दै आएको छ । काम रोक्न उच्च अदालत पोखरामा रिट दर्ता भएपनि लखन थापाको अर्धकदको शालिक सोही स्थानमा स्थापना गरिसकिएको छ ।

Samadhan
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’