पोखरा, १६ कार्तिक / नेपाली कांग्रेसका नेता नरेशशंकर पालिखेले कास्की क्षेत्र नम्बर २ ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले यसपटक पनि टिकट नदिएपछि आधिकारिक उम्मेद्वार भन्दा अघि नै उनले उम्मेदवारी दर्ता गरे । उक्त क्षेत्रमा कांग्रेसले व्यवसायी विन्दु थापालाई टिकट दिएको छ ।
नेताहरूमा स्वच्छाचारिता बढेको र पैसाका भरमा थापाले टिकट पाएको पालिखेको आरोप छ । ‘म २० वर्षदेखि पार्टीका लागि काम गरेको छु, उहाँ २ वर्ष भयो कांग्रेस भएको, पैसा दिनेलाई टिकट दिइएको छ ।’ पालिखेले भने । कार्यकर्ताले आफूलाई जिताउने विश्वास लिए । पालिखे आफ्नी धर्मपत्नी रीता जोशी पालिखेका साथ दर्तास्थल पुगेका थिए ।
https://www.facebook.com/gandaknews/videos/735296669995921/
पालिखे कांग्रेसका महाधिवेशन प्रतिनिधी छन् । पार्टीको जिल्ला सचिवसहित रहिसकेका उनी पोखराको पूर्व उपमेयर पनि हुन् । गएको स्थानीय चुनावमा मेयरका आकांक्षी पालिखेलाई त्यतिबेला टिकट पक्का पक्की भइसकेको रातारात परिवर्तन गरी नेता अर्जुननरसिंह केसीका बहिनी ज्वाइँ रामजी कुँवरलाई कांग्रेसले टिकट दिएको थियो ।
काँग्रेसका नेताहरुले भने १९ गते नै फिर्ता हुने दाबी गर्छ । पालिखे पटक पटक अन्यायमा परेकाले उनी फिर्ता नलिने मुडमा छन् ।
भिडियो: ओम हमाल
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’