काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले आफ्नो पार्टी र पार्टीका गतिविधिविरुद्ध प्रतिबन्ध लगाउने गरेको निर्णयका विरुद्ध वक्तव्य सार्वजनिक गरेको छ ।
सरकारले नेकपालाई राजनैतिक मान्यता नदिएर आपराधिक र लुटेरा समूहको संज्ञा दिंदै प्रतिकबन्ध गरेको निर्णयको विरोधमा नेकपाले प्रतिकार गर्ने चेतावनी सहितको वक्तव्य जारी गरेको हो ।
पार्टीको आदर्शका लागि जस्तोसुकै कठिन यात्रा गर्न पनि तयार रहेको तर दलालहरु र दलाल पूँजीवादी सत्ताका सामु एकरत्ति झुक्न तयार नरहेको वक्तव्यमा जनाइएको छ ।
वक्तव्यमा भनिएको छ– ‘केपी-वादल कम्पनीले दमन गरेमा त्यसको मुखतोड प्रतिरोध गर्न हामी पूर्णरुपले तयार छौं’, ‘क्रान्तिप्रति गद्दारी गर्दै जनतामा प्रतिक्रियावादी दलाल पूँजीवादी सत्ता लादिसकेपछि श्रमिक जनता र क्रान्तिकारीहरुमाथि फासिवादी दमन, हत्याहिंसा लादिन्छ र त्यसका विरुद्ध प्रतिरोध संघर्ष वाद्यकारी बन्छ भन्ने सवाल हामीले बुझेकै विषय हो ।’
वक्तव्यमा भनिएको छ- प्रतिबन्ध आफूहरुलाई नभई राष्ट्र बेचेर खाने, विदेशको दलाली गर्ने, भ्रष्ट, कमिशनखोर, अपराधी र उनीहरुका मतियारहरुलाई लगाइने छ ।
झापाविद्रोह र दश बर्षको महान् जनयुद्धका हजारौं सहिद, वेपत्ता, घाइते र क्रान्तिकारीहरुलाई धोका दिने, कम्युनिष्ट आदर्श, सिद्धान्त, मूल्य मान्यता र लक्ष्य बेचेर खाँदै जनताका वैरीहरुसँग गठजोड गरेर क्रान्तिकारीहरुमाथि दमन गर्ने ‘अधर्मी’, अनैतिक, अन्तर्घाति अपराधीहरुलाई लगाइनुपर्छ ।’
२०७२ सालमा संविधान अस्वीकार गरेदेखि आफूहरुमाथि अघोषित प्रतिबन्ध लगाउँदै आएको सरकारले संसदीय चुनावको बहिस्कार गरेपछि त गोली हान्ने र हत्या गर्नेसम्मका काममा उत्रिएको नेकपाले आरोप लगाएको छ ।

यो समाचार khabarhub बाट साभार गरिएको हो ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ