एजेन्सी । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इटालियन क्लब युभेन्टसका सुपर स्टार क्रिस्टियानो रोनाल्डोविरुद्ध युरोपियन च्याम्पियन्स लिग फुटबलको आयोजक संस्था युइएफएमा उजुरी दिएको छ ।
च्याम्पियन्स लिग अन्तर्गत गत बुधबार अन्तिम १६ को दोस्रो लेगमा गोलपछि रोनाल्डोले ‘खराब सेलिब्रेसन’ गरेर आफ्ना समर्थकको अपमान गरेको भन्दै एट्लेटिकोले तीन दिनपछि रोनाल्डोविरुद्ध मुद्दा हालेको हो । एट्लेटिकोले पोर्चुगिज रोनाल्डोविरुद्ध लिखित रुपमा छानबिन तथा कारबाहीको माग गरेको छ ।
युभेन्टसको घरमा बुधबार भएको खेलमा युभेन्टसलाई शानदार जित दिलाउन रोनाल्डोले सनसनीपूर्ण प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
पहिलो लेग २–० गोलले हारेपनि दोस्रो लेगमा युभेन्टसले ३–० गोलको जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । एट्लेटिको च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।
युभेन्टसलाई संकटपूर्ण अवस्थाबाट कमब्याक जित दिलाउन निर्णायक भूमिका खेलेका रोनाल्डोले दोस्रो गोलपछि दुई हात गोप्य अंगतर्फ लगेर अश्लील सेलिब्रेसन गरेका थिए ।
अघिल्लो लेगमा एट्लेटिको म्याड्रिडको घरमा युभेन्टसविरुद्ध दोस्रो गोल गरेपछि टोलीका प्रशिक्षक डिएगो सिमोनीले पनि रोनाल्डोको जस्तै सेलिब्रेसन गरेका थिए ।
सिमोनीले आफ्नै घरेलु दर्शकप्रति इंगित गर्दै त्यस्तो सेलिब्रेसन गरेका थिए । रोनाल्डोले भने युभेन्टसको घरमा एट्लेटिकोको पाहुना दर्शकतिर फर्किएर सेलिब्रेसन गरेका थिए । यसबाट पाहुना समर्थकको अपमान भएको एट्लेटिकोले आफ्नो उजुरीमा दाबी गरेको छ ।
२–० को अवस्था उल्टाएर ३–२ को जित दिलाएपछि रोनाल्डोले आफ्नो घरमा एट्लेटिकोका प्रशिक्षकलाई जवाफ दिन उनकै स्टाइलमा त्यस्तो सेलिब्रेसन गरेका थिए । प्रशिक्षक सिमोनीलाई सेलिब्रेसन गरेको विषयमा युइएफएले १७ हजार युरो जरिवामा गरिसकेको छ ।
युइएफएको अनुशासन समितिले रोनाल्डोलाई दोषी ठहर गरेमा उनीमाथि कम्तीमा एक देखि बढीमा तीन खेलसम्म प्रतिबन्ध हुनेछ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?