एजेन्सी – यस सिजनको गोल्डेन बुटको दौडमा स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेस्सी अगाडि छन् । ला लिगामा रियल बेटिसविरुद्ध ह्याट्रिक गरेसँगै उनले आफ्नो गोल संख्या बढाए ।
अहिले स्पेनिस ला लिगाका २८ खेल सकिँदा मेस्सीले कूल २९ गोल गरिसकेका छन् । उनी युराेपको लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको शीर्ष सूचीमा छन् । ला लिगामा १० खेल बाँकी रहेकाले मेस्सीले अझै अगाडि बढ्ने अनुमान गरिएको छ ।
३१ वर्षीय मेस्सी यस पटक गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन् । उता, मेस्सीलाई फ्रेन्च क्लब पिएसजीका युवा स्टार केलियन एमबाप्पेले टक्कर दिइरहेका छन् । दोस्रो स्थानमा रहेको एमबाप्पेले मेस्सीलाई टक्कर दिने अनुमान गरिएको हाे ।
२० वर्षीय एमबाप्पेले २६ गोल गरिसकेका छन् । एमबाप्पे मेस्सीसँग केवल ३ गोलले मात्र पछि छन् । फ्रेन्च लिग वानमा पनि अब १० खेल बाँकी छ । अन्य खेलाडी मेस्सीभन्दा निकैपछि छन् । तेस्रो नम्बरमा इटालियन क्लब साम्पडोरियका फाबियो क्वाग्लिएरिल्ला छन् । उनले २१ गोल गरेका छन् । चौथोँ नम्बरमा इटालियन युभेन्टसका क्रिस्यिानो रोनाल्डो छन् । रोनाल्डोले हालसम्म १९ गोल गरेका छन् । सिरीए मा पनि अब १० खेल नै खेल्न बाँकी छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’