काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसाभा चुनावको सरगर्मी चलिरहेका बेला गणेशसिंह ठगुन्ना, मानबहादुर धामी र गेल्बुसिंह बोहरा तुइन चढेको फोटोहरू सामाजिक सञ्जालमा निकै भाइरल भए । दार्चुलाबाट उम्मेदवारी दिएका उनीहरू तीनैजना त्यतिबेला तुइन चढेर दार्चुलको दुँहु क्षेत्रमा चुनावी प्रचारप्रसारमा हिँडेका थिए । ठगुन्ना अहिले प्रतिनिधिसभा सदस्य छन् भने धामी र बोहरा प्रदेशसभा सदस्य छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा दुई वर्षभित्र देशभरीका तुइनहरू विस्थापित गर्ने घोषणा गरेको समयसीमा सकिएको केही समयपछि नै ती फोटोहरू सामाजिक सञ्जालमा भाइरल बनेका थिए । प्र्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमै सबै तुइनहरू दुई वर्षभित्र हटाउने घोषणा गरेका थिए ।
अझै पनि दार्चुलाका विभिन्न चार ठाउँमा तुइनबाट मात्रै यात्रा गर्न सम्भव छ । सांसद बोहरा चुनावीप्रचारका लागिमात्रै होइन, सदरमुकाम खलंगाबाट घर जाँदा पनि भारतको बाटो हुँदै तुइन तरेरै जाने गर्छन् । यो खबर हिमालय टाईम्स दैनिकले प्रकाशन गरेको छ ।
तुइनबाट यात्रा गर्दा वर्षेनी दर्जनौंले ज्यान गुमाउने गरेको भए पनि नेपाल सरकारसँग भने त्यसको तथ्यांक छैन ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार जम्मा १३० मध्ये १४ वटा तुइन् विस्थापन हुँन बाँकी छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’