काठमाडौं–बारा र पर्साका हावाहुरी पीडितको उद्धार तथा राहतका लागि पुगेका कलाकार सीताराम कट्टेल (धुर्मुस) र पत्रकार रवी लामिछानेको टोली राहत वितरण कार्यक्रम सक्रिय भएका छन् । आइतबार रातिको हावाहुरीले घरबार बिहीन भएर विचल्ली परेकाहरुलाई उनीहरले राहत वितरण थालेका हुन।
आँधी प्रभावित ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउन्डेसनले चामल, त्रिपाल र चाउचाउ बाँडेको छ । यो राहत आँधीबाट अति प्रभावित भएको फेटा गाउँपालिकामा पुर्याएर गाउँपालिकाका अध्यक्ष अमिरिलालप्रसाद शाहलगायतका प्रतिनिधि मण्डलको रोहबरमा हस्तानान्तरण गरिएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनले फेसबुकमा सेयर गरेको पोस्ट हेर्नुहोस ।
यसअघि धुर्मुसले २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट पीडित बनेकाहरुको उद्दार तथा राहतमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले भूकम्प पीडितका लागि तीन ठाउँमा भूकम्प प्रतिरोधी एकीकृत नमुना वस्ती समेत निर्माण गरिसकेका छन् । अहिले उनी अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको तयारीमा जुटेका छन् ।
त्यस्तै पत्रकार रवी लामिछानेको टोलीले पनि राहत वितरण गरेको उल्लेख गरेको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा मार्फत बिरामीको अवस्था बुझ्न अस्पतालहरुमा गएको, केही दिनका लागि पुग्ने खाद्यान्न आफूहरुसँग स्टकमा रहेको उल्लेख गरेका छन् ।
लामिछानेले फेसबुकमा सेयर गरेको स्टाटस हेर्नुहोस ।
सरकारले पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घाइतेको उपचार गर्ने, राहत, उद्धार तथा प्रभावितको उचित व्यवस्थापनका लागि गृहमन्त्रालयलाई निर्देशन दिएको हो । सोमबारै बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले पनि राहत उद्धारमा तदारुकता देखाउने तथा मृतकका परिवारलाई ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’