हरेक मानिस स्वस्थ रहनको लागि उसको जीवनशैली खानपानको विशेष भुमिका हुन्छ । हाम्रो स्वास्थ्यका लागि आवश्यक बस्तुहरू धेरै छन् । तर खानपानको व्यवस्थापनले त्यसको प्रभावकारिता सिद्ध गर्छ। अझ हामीले कुन समय के कस्तो खानेकुरा खाने भन्नेमा विशेष ध्यान दिनु पर्दछ । कुन खानेकुरा कुन समय र अवस्थामा के कति मात्रामा खाने भन्नेमा ध्यान दिन सके मानिसको स्वास्थ्य धेरै राम्रो हुनुका साथै मानिस निरोगी बन्छ । यी हुन् खालीपेटमा खान नहुने खानेकुरा :
टमाटर : टमाटर स्वास्थ्यका लागि फलदायी हुन्छ । तर यसलाई खाली पेटमा सेवन गर्दा स्वास्थ्यमा प्रतिकूल असर पार्ने गर्छ । टमाटरमा विभिन्न खालका भिटामिनहरू प्रचूर मात्रामा हुने भएकाले यसलाई खाली पेटमा खानु हुँदैन । खालीपेटमा खाँदा ग्यास्टिक बढाउने तथा पेट दुख्ने समस्या हुन सक्छ । लामो समयसम्म खाली पेट रहेको अवस्थामा टमाटर खाए अल्सरको जोखिमसमेत हुनेछ ।
अमिलो फलफूल : धेरैको ब्रेकफास्टमा फलफूल खाने गर्छन् । तर केही त्यस्ता फलफूल छन् जुन बिहान खाली पेटमा खानु राम्रो हुदैन। विशेषगरी सुन्तला, अंगुर, आँप तथा अमिलोयुक्त फलफूल खालीपेटमा खानु राम्रो हुँदैन । यस्ता फलफूलमा फाइवर, भिटामिन सीलगायत धेरै हुनाले यस्ता खानेकुरा खालीपेटमा खाँदा ग्यास्ट्रिक बढ्ने र पेट पोल्ने तथा दुख्ने समस्या हुन्छ । ग्यास्ट्रिक बिग्रिएमा अल्सर हुने सम्भावना हुन्छ ।
चिया तथा कफी : धेरैले बिहान उठ्ने बित्तिकै चिया तथा कफी सेवन गर्ने बानी हुन्छ । तर खाली पेटमा दूध हालेको चिया तथा कफी सेवन गर्नु बिष सरह हो । यसले पाचन प्रणालीमा समेत असर गर्ने गर्छ । कफीमा हाइड्रोक्लोरिक एसिड धेरै हुने भएकाले यसले कब्जियत तथा भमिट हुने समस्या निम्ताउँछ । त्यसैले सकेसम्म बिहान दूध हालेको चिया तथा कफी नखानुस् । बानी बसिसकेको भए त्यसको केही समयअघि पानी पिउननले केहि हद सम्म राम्रो हुन्छ ।
औषधि : धेरैजसो औषधि खालीपेटमा खानु हुँदैन । चिकित्सकले खाली पेटमै खाने भनेर सिफारिस गरेकाबाहेक अरु औषधि खाँदा औषधिको डोज मात्रा धेरै हुने भएकाले हाम्रो शरीरलाई असर गर्दछ । खाली पेटमा औषधि सेवन गर्दा त्यसमा रहेको अनावश्क तत्वले शरीरमा झन् अर्को समस्या निम्ताउँछ ।
केरा : कतिपयले शरीरको तौल बढाउने उद्देश्यले खालीपेटमा दूध तथा केरा खाने गर्दछन् । तर खालीपेटमा केरा खानु स्वास्थ्यको लागि फाइदाजनक देखिँदैन । खालीपेटमा केरा खाँदा शरीरमा हुने म्याग्निसियम र केरामा हुने क्याल्सियमको रसायनिक प्रतिक्रिया हुने गर्छ । यसबाट अपच, पेट फुल्ने तथा एसिडको समस्या बढ्ने जोखिम हुन्छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु