पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीले विभिन्न ४ बुँदे माग राख्दै पोखरा महानगरपालिका तथा वडा कार्यालयहरुमा ज्ञापन पत्र बुझाएको छ । बुधबार युनियनका अध्यक्ष शेखर गौतमको नेतृत्वमा पोखरा महानगरपालिका तथा ६ वटा वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । युनियनले महानगरपालिकाका उपमेयरलाई तथा वडा नम्बर ५, ६, ७, ८, १६ र १९ का वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।
युनियनले शैक्षिक सत्रसँगै संस्था भित्र भएका व्यापारीकरणको अन्त्यका लागि छानविन गरी दोषिलाई कारवाही गर्नुपर्ने, छात्रवृत्तिको रुपमा दिँदै आएको प्रतिशतलाई बढाएर २० प्रतिशत बनाउनु पर्ने माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यस्तै, ज्ञापन पत्रमा आफ्नो संगठनले गरेको छड्के जाँचमा स्कूल बसले यात्रु क्षमता भन्दा बढि बिद्यार्थी बोक्ने गरेको जानकारी गराउँदै त्यसरी मानव अधिकार हनन गर्ने बिद्यालयलाई कारवाही गर्न, स्कुल तहमा बितरण हुने छात्रावृत्ति पारदर्शी बनाउन छानविन गरि दोषीलाई कारवाही तथा बार्षिक तथा मासिक शुल्कमा अनियमितता गर्ने बिद्यालयहरुलाई कारवाहीको माग गरिएको छ ।
युनियनका अध्यक्ष गौतमका अनुसार ज्ञापन पत्र बुझेपछि सबै स्थानीय सरकारबाट यहि वर्षबाट १० प्रतिशत कार्यान्वयन गर्ने आश्वासन दिएका छन् । उपमेयर मञ्जुदेवी गुरुङले नगरपालिकाको आन्तरिक कारणले गर्दा समयमै गतिबिधि अघि बढाउन नसक्नु कमजोरी भएको बताउँदै तत्काल शिक्षा समितिको बैठक राखेर माग पुरा गर्ने काम अघि बढाउने बताएकी थिईन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने