पेरु– प्रहरीले पक्राउ गर्ने क्रममा आफूले आफैँलाई कन्चटमा गोली हानेर आत्महत्याको प्रयास गरेका पेरुका पूर्वराष्ट्रपति अलन गार्सियाको निधन भएको छ ।
ब्राजिलको निर्माण कम्पनी ओडब्रेक्टबाट ३ करोड अमेरिकी डलरभन्दा धेरै रकम घुस लिएको अभियोग लागेका पूर्व राष्ट्रपतिलाई प्रहरीले गिरफ्तार गर्ने क्रममा आफूले आफैँलाई कन्चटमा गोली हानेका थिए । उनको राजधानी लिमामा रहेको कासिमिरो उलोआ अस्पतालमा उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कन्चटमा गोली हानी आत्महत्याको प्रयास गरेका उनको अस्पतालमा सघन उपचार कक्ष आईसीयुमा राखेर उपचार भइरहेको थियो । भ्रष्टाचार प्रकरणमा मुछिएका गार्सियाले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका थिए । यद्यपि उनलाई उक्त रकम घुस दिएको बारे भने ओडब्रेक्ट कम्पनीले स्वीकार गरिसकेको छ ।
यसै अभियोगमा उनलाई गिरफ्तार गर्न प्रहरी खटाइएको थियो । तर, प्रहरीले गिरफ्तार गर्ने बेला उनले आफूले आफैँलाई कन्चटमा गोली ठोकेका थिए । उनी सन् १९८५ देखि १९९० र २००६ देखि २०११ सम्म पेरुको राष्ट्रपतिको जिम्मेवारीमा थिए । पेरुका अधिकांश जीवित पूर्व राष्ट्रपतिहरु कुनै न कुनै भ्रष्टाचार प्रकरणमा मुछिएको बताइन्छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु