पोखरा : ठगी मुद्धा खेपेका गण्डकी मेडिकल कलेज (जिएमसी) का ११ जना कर्मचारीहरु मध्य ७ जनाले धमाधम अदालतलाई धरौटी रकम बुझाउँदै छुटेका छन् । कर्मचारीहरुको मिलेमहत्तोमा बिद्यार्थीहरुसँग लाखौँ रुपैयाँ ठगी गरेको आरोप खेपेका कर्मचारीहरु मध्य ७ जनाले जनही १७ लाख रुपैँया धरौटी बुझाएर छुटेका हुन् ।
हालसम्म ठगि मुद्धा खेपेका ७ जना कर्मचारीहरु मध्य तीलक पौडेल, कृष्ण घिमिरे, दिनेशप्रसाद पौडेल, युवराज शर्मा, कृष्णप्रसाद पौडेल, सन्तोष खनाल र लक्ष्मण शर्माले कास्की अदालतमा जनही १७ लाख रुपैँया घरौटी बुझाएर रिहा भईसकेका छन् ।
‘प्रहरी छल्दै सिधै अदालतमा बयान दिन पुग्छन् अभियुक्त’
ठगी मुद्धा खेपेका गण्डकी मेडिकल कलेज (जिएमसी) का कर्मचारीहरु प्रहरीलाई छल्दै सिधै अदालतमा गएर बयान दिने गरेको पाइएको छ । गत फागुन २२ गते पक्राउ परेका अभियुक्त लक्ष्मण र सन्तोषसँग अदालतले जनही १७ लाख रुपैँया धरौटी रकम लिएर रिहा गरेपछि अन्य अभियुक्त पनि प्रहरी छलेर सिधै अदालत गएर बयान दिने गरेका हुन् ।
‘कलेजको ठगि मुद्धा लागेकाहरु प्रहरी छल्दै सिधैँ अदालत आउने गर्छन्’ गोप्य स्रातले भने, ‘आदालत आई पुग्नसाथ बयान लिने वातावरण हुनसक्ने वा नसक्ने बुझ्छन् । मिल्ने भए बषन दिन्छन् नत्र फर्की हाल्छन् । सबै आरोपितहरु पालैपालो निवेदन सहित अदालत आउँछन् ।’ प्रहरीले पक्राउ गरे थुनामा बस्नुपर्ने भएकाले उनीहरु सेटिङ मिलाएर सिधैँ अदालत पगेर बयान दिने गरेको उनले बताए ।
‘अध्यक्ष श्रेष्ठसहित अभै ४ जना फरार’
सरकारबाट तोकिएको भन्दा बढि शुल्क लिएर बिद्यार्थीलाई ठगि गरेको आरोपमा ठगी मुद्धा लागेका मेडिकल कलेजका ११ जना कर्मचारी मध्य ७ जना धरौटीमा रिहा भएपनि अझै ४ जना फरार नै छन् । फरार हुने कर्मचारीहरु मध्य कलेजका अध्यक्ष खुमाप्रसाद अर्याल, प्रिन्सिपल प्राडा। रबिन्द्रप्रसाद श्रेष्ठ, कर्मचारी हरिमाया ढुंगाना, विश्वराज घिमिरे हुन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने