उपसचिव सञ्जेलमाथि ‘अख्तियार आतंक’: भन्छन्, ‘भ्रष्टाचारी ठहरिए टुँडिखेलमा झुन्डिन्छु’

उपसचिव सञ्जेलमाथि ‘अख्तियार आतंक’: भन्छन्, ‘भ्रष्टाचारी ठहरिए टुँडिखेलमा झुन्डिन्छु’

Prem_Pd._Sanje

काठमाडौँ – लेखापरीक्षणबाट टुंगिसकेको विषयबस्तुलाई आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम कार्यालय विराटनगरमा कार्यरत उपसचिव प्रेमप्रसाद सञ्जेललाई ३ दिनभित्र उपस्थित हुन पत्र काटेको छ ।

कार्यालयमै उपस्थित नभएको अवस्थामा आधारभूत तलबबाहेक विभिन्न भत्ता लिएको आरोपमा अख्तियारले छानबिनका लागि उनलाई पत्र काटेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीलाई लेखेका छन् ।

‘भ्रष्टाचारी ठहरिए टुँडिखेलमा झुन्डिन्छु’
उपसचिव प्रेमप्रसाद सञ्जेलले भ्रष्टाचारी भ्रष्टाचारी ठहरिए टुँडिखेलमा झुन्डिने बताएका छन् । भ्रष्टाचारकोविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैशाख ३ गते तीन दिनको म्याद दिएर बयानकालागि पत्र काटेपछि उनले बिहिबार पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds