यातायात सिन्डिकेट अन्त्य घोषणाको एक वर्ष : साढे ३ लाख सार्वजनिक सवारी, साढे ७ हजार मात्र कम्पनीमा दर्ता

यातायात सिन्डिकेट अन्त्य घोषणाको एक वर्ष : साढे ३ लाख सार्वजनिक सवारी, साढे ७ हजार मात्र कम्पनीमा दर्ता

sindiket-gadi

सिण्डीकेट/प्रतिक्रियात्मक चित्र

काठमाडौं–सरकारले यातायात सिन्डिकेट अन्त्यको घोषणा गरेको बुधबार एक वर्ष पूरा भएको छ । तर, देशभर साढे तीन लाख सवारीसाधन सञ्चालन रहेकोमा साढे सात हजार मात्रै कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको नयाँ पत्रिकामा खबर छ ।

यातायात समिति खडा गरेर सिन्डिकेट लाद्दै राज्यलाई करसमेत नतिरी सञ्चालन भएका सवारीसाधन नियमनका लागि सरकारले कम्पनी अन्तर्गत दर्ता गर्न ०७५ असार मसान्तसम्मको समय दिएको थियो । त्यसयता तीनपटक म्याद थप्दासमेत तीन लाखमध्ये सात हजार ६ सय ६५ गाडाी मात्रै कम्पनीमा दर्ता गरिएका छन् । यो कुल सवारीसाधनको दुई दलमलव १८ प्रतिशतमात्र हो । अब तेस्रो पटक थपिएको म्यादसमेत सकिन ४४ दिन मात्र बाँकी छ ।

यातायात व्यवसायीलाई थपिएको म्याद यो अन्तिम पटक भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताएका छन् । उनले अन्तिम पटक म्याद थपेको भन्दै १८ जेठभित्र दर्ता नभए रुट नै खारेज गर्ने चेतावनी दिएका छन् । त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने अब क्षतिपूर्ति र उपचारको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds