भारतको उत्तर प्रदेशमा एक महिला र उनका दुई सन्तानको जलाएर हत्या गरिएको छ । घटना १८ अप्रिलको हो । महिलाको नाम उषा थियो । उषाका श्रीमान् गणेश घटना भएलगत्तै फरार छ । उषा र गणेश पटेलको विवाह सनु २०१२ मा भएको थियो ।
१७ अप्रिल बिहान छिमेकीले घरबाट धुँवा आइरहेको देखे । मानिसहरुले घरभित्र गएर हेर्दा उषा र उनका दुई सन्तान जलिसकेको पाए । उषाको शव कोठामा भेटिएको थियो तर बच्चाहको शव फलामको बाकसमा भेटिएको थियो । त्यसपछि छिमेकीले ऊषाका माइती पक्ष र पुलिसलाई बोलाए ।
पुलिसले दाइजोका लागि हत्या मामला दर्ता गरेको छ । घटनाको अनुसन्धान गरिरहेका एसएसपी अतुल शर्माले महिलाको श्रीमानले मद्यपान गरेर उषालाई दुःख दिइरहन्थे त्यसकारण यो आत्महत्याको पनि मामला हुनसक्छ । पोस्टमार्टम रिपोर्टपछि थप अनुसन्धान थालिनेछ ।
यस्तै, ऊषाका माइती पक्षले भने दाइजोका लागि छोरीको हत्या भएको दाबी गरिरहेका छन् । उषाका भाइ अजितका अनुसार विवाहलगत्तै ऊषालाई दाइजोका लागि तनाव दिइन्थ्यो । उनका ससुरा र श्रीमानले कुटपिट गर्ने गर्दथे । उनीहरुले ऊषालाई माइतीबाट एक लाख भारु र बाइक ल्याउन भनिरहेका थिए । ऊषालाई एकपटक यति बेस्सरी कुटिएको थियो कि उनले कानको जाली नै फुटेको थियो ।
गत वर्ष डिसेम्बर ३१ तारिखमा पनि निर्घात कुटिएको थियो । अजितले गणेश र उनका पिताले उषा र उनका दुई सन्तानको हत्या गरेको दाबी गरे । उनले सुरुमा ऊषाको गला दबाएर हत्या गरिएको र त्यसपछि जलाइएको दाबी गरे । घटनापछि उषा र उनका श्रीमान् गणेश फरार छन् । गणेशका बुवालाई पक्राउ गरिसकिएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने सरकारको तयारी
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
सेती नदीमा हामफालेका भारतीय युवक मृत फेला