काठमाडौं-नेपालमा गोरखा भूकम्पको चार वर्ष बित्दा पनि परकम्प जाने क्रम रोकिएको छैन । भूकम्पीय जोखिमका हिसाबले नेपाल अझै जोखिममा रहेको विज्ञहरूले बताएका छन् । गोरखाको बारपाक केन्द्र भई ७ दशमलव ६ रेकटर स्केलको भूकम्प गएको आज(बिहीबार) चार वर्ष बितेको छ ।
गोरखा भूकम्पपछि नेपालको भौगर्भिक अध्ययन अनुसन्धान गरेका विज्ञहरूले अझै ठूलो भूकम्पको जोखिम रहेको औंल्याएका छन् । गोरखाभन्दा पूर्वक्षेत्रमा ठूलो असर पर्नेगरी भूकम्प गए पनि पश्चिम नेपालमा भने कुनै असर पुर्याएको थिएन । भूकम्पीय जोखिम कायमै रहेकाले सचेत हुनपर्नेमा विज्ञहरूले सुझाएको राजधानी दैनिकमा खबर छ।
फ्रान्सको पेरिसस्थित पीएसएल रिसर्च युनिभर्सिटीका प्राध्यापक शिव सुवेदीको नेतृत्वमा भएको वैज्ञानिकहरूको टोलीले लामो समय लगाएर गरेको भौगर्भिक अध्ययनले नेपालको पश्चिम क्षेत्रमा अझै ८ रेक्टर स्केलभन्दा ठूलो भूकम्प जान सक्ने निष्कर्ष निकालेका छन् । १२ वैशाख २०७२ को भूकम्पको समयमा सरकारको खानी तथा भूगर्भ विभागको महानिर्देशकसमेत रहेको विज्ञ लोकविजय अधिकारी र सुर्खेतस्थित क्षेत्रीय भौगर्भिक अध्ययन केन्द्रका रत्नमणि गुप्ता सम्मिलित वैज्ञानिकको टोलीले अझै भूकम्पीय जोखिम अन्त्य नभएको निष्कर्ष निकालेका हुन् ।
नेपाली विज्ञहरूसँगै पीएसएल रिसर्च युनिभर्सिटीका हेलेन लियोन केन, आर्यजोन फ्रान्सका विशेषज्ञ लाउरेन्ट वोलिंगर, पेरिसकै इन्स्टिच्युट अफ फिजिकसदी ग्लोब फ्रान्सका भेरोन्क्वी फररा, इन्स्टिच्युट अफ अर्थ साइन्स, युनिभर्सिटी अफ लाउसान्ने स्विजरल्यान्डका ग्योर्गी हेनेन्वी र युनिभर्सिटी अफ स्ट्रस्वर्ग फ्रान्सका जेरोमी भेग्र्ने सम्मिलित विज्ञहरूले लामो समय नेपालको पश्चिम क्षेत्रको भौगर्भिक अध्ययन गरेका थिए । आफूहरूले गरेको अध्ययनले नेपालको पश्चिम क्षेत्रमा अझै ठूलो भूकम्प जान सक्ने संकेत पाएको अध्ययन टोली सदस्य लोकविजय अधिकारीले जानकारी दिए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह