सामाजिक सञ्जालमा फुटबल रेफ्री र अफिसियलकाे बेइज्जत गरेपछि पेरिस सेन्ट जर्मेनका स्टार स्ट्राइकर नेयमारलाई च्याम्पियन्स लिगमा तीन खेलको प्रतिबन्ध लगाइएको छ ।
च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको अन्तिम १६ को खेलमा ब्राजिलियन रेफ्री दामीर स्कोमिनाले भिडियो एसिस्टेन्ट रेफ्रीको सहायताले दिएको अन्तिम समयको पेनाल्टीमा नेयमारले इन्स्टाग्राममा भद्दा कमेन्ट गरेपछि यूईएफएले तीन खेलको प्रतिबन्ध लगाएको हो ।
त्बेयसला उनी पैतालाको शल्यक्रियाबाट निको हुँदै थिए र मैदानबाहिर बसेर खेल हेरिरहेका थिए । जुन खेलमा युनाइटेडले दुई-शून्यले पछि परेको अवस्थामा ऐतिहासिक कमब्याक गरेको थियो ।
उनले अब अर्को सिजनको समूह चरणका सुरुवाति तीन खेल गुमाउने भएका छन । उनले सामाजिक सञ्जालमा मार्कुस रासफोर्डले पेनाल्टीबाट गरेको गोल, गोल नै होइन भनेर भनेका थिए ।
२७ वर्षे नेयमारले यसका साथै आफ्नो सामाजिक सञ्जालमा चार व्यक्ति जसलाई फुटबलको बारेमा केही थाहा छैन, टेलिभिजनमा स्लोमोसन रिप्ले हेरेर डिसिजन गर्छन् भन्दै लेखेका थिए ।
विश्वकै महंगो खेलाडी बन्दै बार्सिलोनाबाट पीएसजी गएका नेयमार तीन महिनापछि आइतबार मोनाकोविरुद्धको खेलमा कमब्याक गरेका थिए । त्यस खेलमा पीएसजीले खेल जित्दै उपाधि पनि जितेको थियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो