रोल्पा – ‘मलाई हिजोका दिनहरु केही याद छैन । बुवा इन्डिया गएको केही दिनमा आमाले दोस्रो बिहे गरेपछि दिदी र म मात्र घरमा भयौँ । दाइ र भाइ कता थिए, सम्झना छैन ।’
तत्कालीन माओवादी बिद्रोहका समय करिब १७ वर्षअघि परिवारबाट बिछोड भएका काले उर्फ प्रताप सिंह घर्तीले भने ‘बुवा इन्डियाबाट आउँदा पनि घर नबसी कताकता जानुहुन्थ्यो । यस्तैमा दिदी मनमाया माओवादीमा लागिन । माओवादीमा लागेपछि दिदी कहिलेकाहीँ बन्दुक बोकेर घर आउन थाल्नुभयो । यस्तैमा एक दिन मलाई पनि आफुसँगै लैजानुभयो ।’
घर छाडेकाे केही समयपिछ माओवादीले नै मनमाया भिडन्तमा मरिएकाे भनेपछि आफू माओवादी छाडेर भागेकाे बताउँछन, प्रताप । ‘तेरी दिदी लडाइमा मरी भनिदिए । माओवादीले धेरै ठाउँ घुमाए । दु:ख दिए । अति भए पछि भागेर हिडेँ,’ उनले भने । तर उनकाे दिदीका बारेमा यथार्थ जानकारी अहिलेसम्म पनि पाउन सकेकाे छैनन् ।
माओवादी छाडेर भागेपछि प्रतापले १७ वर्षजति निकै असहज जीवन बिताए । माओवादी शान्तिप्रकृयामा फर्किएकाे दशक बित्दा पनि उनी घर नफर्किएपछि कतिले उनकाे लडाइँमा परेर मृत्यु भइसकेकाे अन्दाज पनि लगाए । यमेा समाचार दिनेश सुवेदीले नागरिकमा लेखेका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’