एजेन्सी । थाइल्याण्डका राजाले आफ्नी वडीगार्ड ९अंगरक्षक०सँग विवाह गरेका छन् । बुधबार थाइल्याण्डका राजा वजिरालंगकर्नले आफ्नो व्यक्तिगत सुरक्षा टीमको प्रमुख सुथिदा टिदजाईसँग विवाह गरेर रानी बनाएको कुरा राज परिवारको सार्वजनिक राजपत्रमामा उल्लेख छ ।
७० वर्षसम्म राजा भएका भूमिवोलको सन् २०१६ अक्टोबरमा मृत्यु भएपछि राजा बनेका छोरा ६६ वर्षे वजिरालंगकर्नले अंगरक्षक टीमकी प्रमुखसँग विहे गरेका हुन् । बुधबार भएको विवाह समारोह साँझ टेलीभिजनमार्फत प्रशारण हुने भनिएको थियो यो कुराले त्यहाँका सर्वसाधारण नै चकित परेका थिए ।
उनीहरूको सम्बन्धका बारेमा स(साना कुरा बाहिर मीडियामा चलेका भएपनि थाइ दरबारले कुनै कुरा सार्वजनिक गरेको थिएन । थाई एअरलाइनको पूर्व–फ्लाइट एटेन्डेन्ट समेत रहेकी सुथिदालाई सन् २०१४ मा वजिरालंगकर्नले अंगरक्षक टिमको उप–कमाण्डका बनाएका थिए । सुथिदाको उमेर ४० वर्ष भयो उनीहरुबीचको उमेर अन्तर २६ वर्ष रहेको छ ।
बुवाको मृत्यु भएपनि वजिरालंगकर्नले राज्यभिषेक भने गरिसकेका छैनन् । पूर्व राजाको मृत्युको शोक अवधि चलिरहेका कारण यस्तो भएको हो ।शोक अवधि सकिए लगत्तै शनिवार वजिरालंगकर्नले राज्यभिषेक गर्ने तयारी रहेको जनाइएको छ । सोही अवसरमा उनले ३ दिन अगाडि विवाह गरेका हुन् ।
थाइल्याण्डको रिती अनुसार बौद्ध र ब्रामण्डको पुजाको दोस्रो दिन राजधानी बैंककमा राजा रानी सहितको राज्यभिषेक यात्रा हुनेछ । विगतमा तीन पटक विवाह गरेका राजाका सबैसँग डिभोर्समा भइसकेको छ । विगतका सम्बन्धबाट उनका सात सन्तान छन् । कैयौँ बाहिरी मीडियाहरुले यी राजामाथि प्लेब्वाय किंग भनेरसमेत आलोचनात्मक समाचार छाप्दै आएका थिए ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर