एजेन्सी । शनिवार हङहङको संसदमा दुई पक्षका सांसदबीच हात हालाहालको अवस्था बन्यो । सुपुरर्दगी सम्बन्धमा ल्याउन लागिएको एक कानुनमा वहस चलिरहँदा लोकतन्त्र पक्षधर सांसद र बेइजिङ पक्षधर सांसदबीच घम्साघम्सी सुरु भएको थियो । घटनापछि मुक्का हानाहान हुँदा एक जनालाई अस्पताल लगिएको छ ।
हङहङले आपराधिक आरोप लागेको व्यक्तिलाई सुपुरदर्गी गर्न अनुमति दिने कानुन लागु गर्न खोजेको छ । नयाँ परिवर्तनमा अपराधको आरोपमात्रै लागेका जो कसैलाई सुपुरदर्गी सम्झौता नभएका देशले मागेको खण्डमा समेत सुपुरदगी गरिने व्यवस्था छ ।
प्रस्तावित सुपुर्दगी काननु पारित भएमा बेइजिङको हङहङमाथिको नियन्त्रण बढ्ने यसका विरोधीहरुको भनाई छ । उनीहरुका अनुसार यसपछि अहिले हङहङलाई दिइदै आएको कयैन विशेषाधिकार र कानुनी संरक्षण नष्ट हुनेछ ।
सन् १९९७ सम्म ब्रिटिस उपनिवेश रहेको हङहङ, चीनलाई हस्तान्तरण गरिँदा यस क्षेत्रमा छुट्टै कानुनी–क्षेत्राधिकार हुने सहमति भएको थियो । शनिवार संसदमा लोकतन्त्र पक्षधर सांसद र बेइजिङ पक्षधर सांसदले विधयकबारे अलग सुनुवाई सुरु गर्न थालेपछि तनाव उत्पन्न भएको थियो ।
तनाव बढ्दै जादाँ हात हालाहालको अवस्था सिर्जना भयो । सांसदहरु टेबल चढ्ने, एक अर्कालाई गाली गर्ने र दुई पक्ष भएर एक अर्कालाई ठेले । यस घम्साघम्सीबीच एक सांसद ग्यारी फ्यान बेस्कन पछारिए । लोकतन्त्र पक्षधर सांसद ग्यारी लडेर गम्भीर घाइते भएपछि अस्पताल लगिएको हो ।
“यो हङहङको लागि अध्यारो दिन हो । विगतमा ताइवानको व्यवस्थापिकाका घम्साघम्सी देखेर हामी हासो ठट्टा गथ्र्यौं । अहिले हङहङमा त्यो भन्दा पनि खराब घटना भयो,” बेइजिङ–पक्षधर सांसद एलिजावेथ क्वाटले भनिन् ।
सुपुरदगी विधयक लागू भए हङहङलाई दिइएको विशेष स्वायत्तमाथिनै प्रहार हुने हो कि भन्नेमा जनस्तरमै डर देखिन्छ । त्यही कारण दुई हप्ता अघि सुपुरदगी विधयकको विरोधमा १ लाख ३० हजार मानिसले प्रदर्शन गरेका थिए । त्यस्तै कयैन हजारले संसदबाहिर भेला भएर विधयक परित्याग गर्नुपर्ने माग राखेका थिए ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’