श्रीलङ्काको चिलाउ इलाकामा फेसबुक पोष्टमार्फत् सुरु भएको विवादपछि स्थानीयले तीन मस्जिद र मुस्लिम नागरिकको पसलमा ढुङ्गाले हमला गरेका छन् । ढुङ्गा हान्नुअघि स्थानीयले एक व्यक्तिमाथि कुटपिटसमेत गरेको बताइएको छ । घटनापछि प्रशासनले इलाकामा सोमबार बिहानसम्म कर्फ्यू लागू गरेका छन् ।
श्रीलङ्कामा २१ अप्रिल इस्टरको दिन भएको श्रृङ्खलाबद्ध बिस्फोटमा २५१ को मृत्यु भएको थियो । त्यतिबेलादेखि मुस्लिम समुदायले मुस्लिम नागरिकलाई प्रताडित गरिएका दर्जनौं उजुरी पाइसकेको बताएका छन् ।
श्रीलङ्का पुलिस प्रवक्ता रुवान गुणशेखरले भने, ‘चिलाउमा तनाव भड्किएको देखेपछि तुरुन्त कर्फ्यू लागू गरियो । फेसबुक पोष्ट लेख्नेलाई पक्राउ गरिएको छ ।’
फेसबुक पोष्टमा लेखियो, ‘धेरै नहाँस, एक दिन तिमी रुनेछौ’
न्युज एजेन्सीले फेसबुक पोष्टबाट सुरु भएको विवादपछि नै मस्जिदमा हमला भएको दाबी गरेको छ । पोस्टमा कमेन्ट लेखिएको थियो, ‘हामीलाई कसैले रुवाउन सक्दैन ।’ यो पोस्टमा अब्दुल हमिद मोहम्मद हसमर नामका व्यक्तिले जवाफ दिए, ‘धेरै नहाँस, एक दिन तिमी रुनेछौ ।’ दुई स्थानीय नागरिककका अनुसार ३८ वर्षे हमसरलाई पुलिसले पक्राउ गरिसकेका छन ।
क्रिश्चियन बाहुल्य चिलाउमा पोस्टलाई धम्की बुझियोः
स्थानीय नागरिकका अनुसार चिलाउ क्रिश्चियन बाहुल्य इलाका हो र हसमरको यो पोस्टलाई धम्कीको रुपमा हेरियो । यो पोष्टपछि उग्र भीडले उनीमाथि कुटपिछ गरे । त्यसपछि भीडले तीन मस्जिद र मुस्लिम नागरिकको पसलमा पत्थरबाजी गरे । यो पसल हमसरको बताइएको छ । एक मुस्लिम नागरिकले स्थिती नियन्त्रणमा भएपनि आफूहरु त्रसित भएको बताएका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु