पोखरा । हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीका ४१ वर्षीय कुम्म थापा नेपाल खाद्य संस्थान मुगुको शाखाबाहिर चामलको भारी कसकास गर्दै छन् । उनी यहाँसम्म चामल लिन पाँच दिन पैदल हिँडेर आएका हुन् । उनले चामल बोक्न खसीबोका पनि साथै ल्याएका छन् ।
‘खसीबोकासँग यहाँ आइपुग्न पाँच दिन लाग्यो । घर फर्किँदा साता दिन लाग्छ । आउजाउमा १२ दिन,’ उनी भन्छन् । हुम्लाको सर्केगाड खाद्य डिपोमा चामल नभएकाले उनी मुगुसम्म आउनुपरेको हो । ‘सर्केगाडमा चामल छैन,’ उनी भन्छन्, ‘भएको पनि पाउरवाला ठूलाबडाले मात्रै लिन्छन्, हामी गरिबलाई सधैँ मुगुकै चामल खानुपर्छ ।’
योसहित गरेर मुगुमा चामल लिन २१ पटक आएको उनको भनाइ छ । मुगु धाउनु सजिलो छैन । ‘बिहान तीन–चार बजे नै खसीबोका हिँडाउनुपर्छ । बाटोमा खाने समय पाइँदैन । बास बस्न पनि समस्या हुन्छ,’ उनले कैरन सुनाए ।
उनापानीकै ४२ वर्षीया बासकली रावत १६ पटक चामल लिन मुगु आइपुगेकी छिन् । आउँदाजाँदा बाटोमा कैयौँपटक खुला आकाशमुनि, जंगलको बीचमा वास बस्नुपरेको बासकलीले सुनाइन् । आफ्नै जमिनको उत्पादनले वर्षमा ६ महिना मात्रै खान पुग्ने उनको भनाइ छ । ‘६ महिना चामल किनेरै खानुपर्छ,’ उनले आफ्नै लवजमा भनिन्, ‘चामलकै लागि दिन खानु नाइँ न रात सिनु नाइँ ।’
बासकलीको साथमा उनका पति र गाउँका अरू पाँचजना छन् । चामल बोक्न एक सयवटा खसीबोका लिएर आएको उनले सुनाइन् । ‘घर पुगेर दुईचार दिन थकाइ मेटाउने अनि फेरि चामल लिन यतै आउने,’ उनले आफ्नो आगामी योजना पनि बताइन् ।
गाउँमा ३० किलो चामलको चार हजार
ठेकेदारको लापरबाहीले समयमा चामल ढुवानी नहुँदा हुम्ली नागरिकले सधैँ चामल लिन मुगु धाउनुपर्ने बाध्यता छ । यो क्रम वर्षेनी दोहोरिइरहेको छ । आर्थिक वर्षको अन्त्यसम्ममा पनि ठेकेदारले हुम्लामा चामल ढुवानी गरेका छैनन् । यसबारे कसैले चासो र पहल पनि लिएको छैन ।
मुगु खाद्य शाखामा ३० किलो जापानी मोटा चामलको मूल्य १५ सय ८० रुपैयाँ पर्छ । त्यही चामल हुम्लाको उनापानी गाउँमा किन्दा तीनदेखि चार हजार रुपैयाँ पर्छ । ‘चार हजार हालेर पनि गाउँमा चामल पाइँदैन । नजिकको सर्केगाड डिपोमा जहिले गए पनि चामल छ भन्दैनन्,’ २०औँ पटक चामल लिन आएका उनापानीकै दानबहादुर रावतले सुनाए ।
गत ५–६ वर्षयता हुम्लाका मानिस खसी, बोका, भेडा, खच्चर ल्याएर मुगुबाट चामल लैजान्छन् । धानबाली अत्यन्त कम हुने हुम्लाका बासिन्दाले आठ–दश दिन धाएर चामल लैजानु नौलो प्रचलन नभएको खाद्य शाखा मुगुका प्रमुख भरत खनियाँले बताए । यो शाखाबाट हुम्लावासीले वर्षमा पाँच सय क्विन्टलसम्म चामल लैजाने गरेको उनको भनाइ छ । वैशाख दोस्रो सातायता मात्रै १५ क्विन्टलभन्दा बढी चामल हुम्लावासीले लगेका छन् । उनका अनुसार हुम्लाको सर्केगाड डिपोमा यो वर्ष ११ सय क्विन्टल चामल ढुवानी हुनुपर्नेमा हालसम्म पाँच सय ५० क्विन्टल मात्रै ढुवानी भएको छ ।नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’