सिन्धुली । दुधौली नगरपालिका वडा नं-३ को निपाने कालापानीकी एक महिलालाई श्रीमानले छिमेकी महिलाको सहयोग लिएर कुटपीट तथा यौन दुव्र्यवहार गरेका छन् । ४४ वर्षीय डस्नी कुमँरलाई बैशाख ३० गते श्रीमान ५० वर्षीय सञ्चा कुमँरले छिमेकी २७ वर्षीय बेलवति कुमँरको सहयोगमा श्रीमतीमाथि कुटपीट तथा दुव्र्यवहार गरी घाइते बनाएका छन् ।
बैशाख ३० गते मदिरा सेवन गरी घरमा आएर श्रीमती डस्नीलाई भुँईमा लडाई छातिमाथि चढी लात्ती र मुड्कीले कुटपीट गर्नुका साथै भात, दाल, अचार यौनीमा कोचिदिएको पीडितले बताइन् । ‘आफुलाई श्रीमानले विगत २, ३ वर्षदेखि अर्की श्रीमती ल्याउँछु, तँ बुढी भइस् भन्दै कुटपीट गर्दै आएको’ पीडित डस्नीले बताइन् ।
त्यस्तै उनका श्रीमानले छिमेकी महिला वेलवतिले श्रीमानको आदेशमा ३१ गते घरमा आई ढुंगाले हानेर थप घाइते बनाएपछि वडा सदस्य धन कुमारी घिमिरे, मेलमिलापकर्ताहरु सहित पीडित महिलाका छोरा हिरन कुमँर र दाजु लुदा कुमँरले बुधबार जिल्ला अस्पताल सिन्धुलीमा उपचारका लागि ल्याएका छन् । पीडक बेलमतिका श्रीमान बैदेशिक रोजगारमा छन् ।
पीडितको उपचार एकद्वार संकट व्यवस्थापन केन्द्रको सहयोगमा जिल्ला अस्पतालमा भइरहेको छ भने जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र सिन्धुलीमा पीडक विरुद्ध उजुरी दर्ता भएको छ । थप घाउजाँच केश गरेर कारवाहि अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्र बहादुर सिंहले बताए । rajdhanidaily.com
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान