काठमाडौं : विष्णु भुजेलले सँगै बस्न नमानेपछि श्रीमतीलाई एसिड प्रहार गरेको स्वीकार गरेका छन्। उनले श्रीमती जेनी खड्कामाथि बुधबार साँझ ८ बजेतिर काठमाडौंको कालोपुल नजिक एसिड प्रहार गरेका थिए। श्रीमतीलाई एसिड प्रहार गरेर भक्तपुरतिर भागेका विष्णुलाई प्रहरीले काँडाघारीबाट पक्राउ गरेको थियो ।
एसिड प्रहार गरेर भाग्दै गरेका उनलाई पक्राउ गरेर महानगरीय प्रहरी परिसरमा राखिएको छ। प्रारम्भिक बयानमा पारिवारिक झगडामा एसिड प्रहार गरेको विष्णुले स्वीकार गरेका छन्। परिसरका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार काभ्रे धुलेखेलका विष्णुले, ‘पटक पटक घर आउनु भन्दा नमानेपछि रिसको झोकमा कालोपुल आएर कोठा बाहिर बोलाइ एसिड प्रहार गरेको’ स्वीकार गरेका छन्।
जेनीको उमेर १४(१५ वर्ष हुँदा भगाएर विवाह गरेको विष्णुले प्रहरीलाई बताएका छन्। ६ वर्षअघि विवाह भएको उनीहरूका एक छोरा पनि छन्। घरमा श्रीमती भएको र आफू दोस्री श्रीमती भएको थाहा पाएपछि जेनी अलग्गै बस्दै आएको पनि विष्णुले प्रहरीलाई बताएका छन्। उनले छोरालाई आफूसँगै हुर्काउँदै आएकी थिइन्। प्रवक्ता बोगटीले भने, ‘पहिले विवाह गरेको पनि रहेछ। बहुविवाह गरेको थाहा पाएपछि उनले विष्णुलाई छोडेकी रहिछन्। उनी कालोपुल माइतिको डेरामा आएर बस्दै आएकी रहेछन्।’
बोगटीले जेनीको शरीरको २० प्रतिशत भाग जलेको जानकारी दिए। उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। जेनीको अवस्थाबारे बोगटीले भने, ‘एसिडले पोलेको गम्भीर नै हुन्छ। अनुहार, छाती र दुवै हातमा एसिडले पोलेको छ।‘ विष्णुको प्रारम्भिक बयान मात्रै लिइएको र बाँकी बयान लिने काम बिहीबार हुने बोगटीले जानकारी दिए। एक मोटरसाइकल ग्यारेजमा काम गर्नेविष्णुले कहाँबाट एसिड खरिद गरेका थिए भन्ने पनि अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ । thahakhabar.com
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह