काठमाडौं । लोकसभा चुनावमा व्यापक प्रचार पछि प्रधानमन्त्री नरेन्द्र मोदी भगवान शिवको शरणमा केदारनाथ पुगेका छन् । यहाँ मन्दिर परिसरमा पुगेर केदारनाथका तीर्थ पुरोहितहरुले उनको स्वागत गरेका थिए । त्यसपछि उनले भगवान शिवको पूजा अर्चना र रूद्राभिषेकको लागि मन्दिरको गर्भगृहमा पुगे । करिब आधा घण्टा चलेको यस पूजापछि प्रधानमन्त्रीले मन्दिरको परिक्रमा समेत गरेका थिए । उनले त्यहाँ नै श्रद्धालुहरुलाई अभिवादन समेत गरेका थिए ।
केदारनाथ मन्दिर दर्शनपछि प्रधानमन्त्री मोदीले त्यहाँ चलिरहेको पुनर्निर्माण कार्यको समीक्षा समेत गरेका थिए । त्यसपछि प्रधानमन्त्री केदारनाथ गुफामा ध्यानमा बसेका थिए । आइतबार उनी बद्रीनाथ जाने भएका छन् । प्रदेशका प्रहरी महानिर्देशक (कानून र व्यवस्था) अशोक कुमारले प्रधानमन्त्रीको सुरक्षामा मद्देनजर गरी कडा सुरक्षा व्यवस्था अपनाइएको बताएका छन् ।
प्रधानमन्त्री यहाँ हेलिकप्टरबाट उत्रने भएका छन् । उनले स्लेटी रंगको पहाडी पहिरन र पहाडी टोपी पनि लगाएका थिए । उनले कमरमा केसरीको गमछा बाँधेका थिए । हेलिप्याडबाट मन्दिर पुगेका उनी बाटोबाट श्रद्धालुहरु र स्थानीय जनतासँग हात मिलाउँदै अभिवादन गरेका थिए । बीजेपी प्रदेश अध्यक्ष अजय भट्टका अनुसार मोदीको आगमनबाट उत्तराखण्डको जनता र पार्टी एकदमै उत्साहित भएको बताए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ