काठमाडौं– एक युवा काठमाडौं नक्सालस्थित प्रभु बैंकमा ३५ लाखको चेक बोकेर पुग्छन्। बैंकका कर्मचारीले उनको चेक ुभेरिफाईु गर्नतिर लाग्छन्।‘चेकमा भएको व्यक्ति तथा कम्पनीसँग यत्रो रकम लिनुपर्ने कारण के होरु’ यही प्रश्नबाट कर्मचारीले केरकार सुरु गर्छन् उक्त युवकमाथि।
एकछिन अलमिएका उनी चित्तबुझ्दो जवाफ फर्काउन सक्दैनन्।‘सम्बन्धित चेक भएका व्यक्तिलाई फोन गरेर बोलाउँछु तपाईं बस्दै गर्नुस्,’ शंका लागेपछि बैंकका कर्मचारीले ती व्यक्तिलाई भन्छन्। सोझो शंका आफूतिरै भएको वास्तविकता थाहा भइसकेपछि ती युवा ३५ लाखको चेक बैंकमै छाडेर त्यहाँबाट लुसुक्क छड्किन्छन्।३५ लाख लिन भनेर बैंक गएका व्यक्ति किन चेक नै छाडेर फरार भए तरु यो प्रश्न अहिले पेचिलो बन्दै गएको छ।
यस्तो छ घटना :-
तीनकुनेमा रहेको भ्याली रिकेश सप्लायर्स पेट्रोल पम्पका सञ्चालक हुन्, होमप्रसाद चौलागाई। चौलागाईले उक्त पेट्रोल पम्प शिव तिमल्सिनालाई लिजमा दिएका थिए।डिलरसँग उक्त पम्पले आफ्नै नामको चेक ‘रिकेश सप्लायर्स’मार्फत कारोबार गर्दै आएको थियो।
तिमल्सिनाले पम्प भाडामा लिएपछि पनि सोही चेकमार्फत कारोबार गर्नुपर्ने हुन्छ। जसका लागि सञ्चालक चौलागाईले रिकेश सप्लायर्सको खाली एक बुक चेकमा हस्ताक्षर गरेर तिमल्सिनालाई दिएका थिए। ‘पम्प लिजमा दिएपछि सोही चेकबाट कारोबार गर्नुपर्ने। नियमति रुपमा चेकमा हस्ताक्षर गर्न म नभ्याउने भएपछि खाली चेकमा हस्ताक्षर गरेर दिँए। विश्वास गरेकाबाट नै घात भयो,’ चौलागाईले प्रहरीसमक्ष भनेका छन्। तर, तिमिल्सिनाले हस्ताक्षर मात्रै गरिएको चेकमा आफूखुसी रकम लेख्दै आफन्तहरुलाई दिन थाले ।
जसको उद्देश्य थियो, चेक बाउन्स गराउनु। एउटै व्यक्तिलाई ४ करोड ४० लाख रुपैयाँसम्मको चेक काटेको पाइएको महानगरीय प्रहरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटी बताउँछन्।चौलागाईको हस्ताक्षर भएको चेकमा फरकफरक रकम उल्लेख गरी रोशन मैनाली, सन्त शाही, कुन्दन अवाले, हरि तिमिल्सिना, मुनचुन बर्मा, लक्ष्मण केसी सहितका ३० जनाभन्दा बढी व्यक्तिलाई १५ करोड रुपैयाँको चेक काटेका थिए।
यसरी १५ करोड रुपैयाँ बराबरको चेक बाउन्स गराएर प्रहरीकहाँ उजुरी हाल्ने योजना बनाएका तिमल्सिनाको कर्तुत चौलागाईले थाहा पाइसकेका थिए। तिमल्सिनाभन्दा पहिला नै उनी महानगरीय प्रहरी परिसर पुगे।‘हामीले सबैतिर बुझ्यौं। चौलागाईको रेकर्ड नराम्रो पाइएन। त्यसपछि बैंकलाई चेक बाउन्स नगराउन भन्यौं,’ प्रवक्ता बोगटी भन्छन्।त्यसपछि चौलागाईले केही राष्ट्रिय दैनिक पत्रिकामा समेत उक्त घटनाको यथार्थताको बारेमा सूचना निकाले।
र, चेक बाउन्स नगर्न बैंकलाई आग्रह गरे।बैंककै कर्मचारीसँग मिलेमतोको आशंकाप्रहरीका अनुसार चेक बाउन्स गराउनेका मुख्य नाइके तिमल्सिना र प्रभु बैंकको प्रधान कार्यालय अनामनगरका केही कर्मचारीको राम्रो सम्बन्ध देखिएको छ। ती कर्मचारीकै मिलेमतोमा चेक बाउन्स गरिएको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ समेत अनुसन्धान गर्ने जनाएको छ।पीडित भनिएका चौलागाई प्रहरीकहाँ गएपछि प्रहरीले प्रभु बैंकलाई चेक बाउन्स नगराउन भन्दै पत्रसमेत लेखेको थियो।
प्रहरी निरीक्षक ओमप्रसाद यादवद्वारा हस्ताक्षरित पत्र प्रभु बैंकमा पुगेको थियो। राष्ट्र बैंकलाई लेख्नुपर्ने पत्र प्रभु बैंकमा पुगेपछि प्रहरीले तत्कालै उक्त पत्र फिर्ता ल्याएको थियो। तर, यसबारेका सूचना बैंकमार्फत नै बाहिरएको प्रहरीको दाबी छ। गलत ठाउँमा पत्र पुगेको भन्दै प्रभु बैंकका अपरेसन म्यानेजर दिनेश थकालीसँग यस विषयमा डिएसपी होबिन्द्र बोगटीले समेत कुरा गरेको बताएका छन्।
तर, यति हुँदाहुँदै बाउन्स नगराउन प्रहरीले नै पत्र पठायो भन्दै घटना बाहिर ल्याउनुले थप शंका उब्जाएको प्रहरीले जनाएको छ। २ करोडका चेक प्रहरीमा फिर्ता, बाउन्स गराउनेका नाइके फरारशिव तिमल्सिनामार्फत चेक लिएका एक व्यक्तिले प्रहरीकहाँ गएर आफैं चेक फिर्ता गरेका छन्। ती व्यक्तिले २ करोडको चेक फिर्ता गरेको डिएसपी बोगटीले बताए। यद्यपि प्रहरीले ती व्यक्तिको नाम गोप्य राखेको छ।
उनले तिमिल्सिनाकै योजनामा चेक बाउन्स गराउनका लागि चेक लिएको स्वीकार गरेका छन्।चेक बाउन्स गराउने योजनाका मुख्य योजनाकारसहित चेक लिने सबै व्यक्तिले अहिले फरार छन्। प्रहरीले तिमल्सिना सहितका व्यक्तिको नाममा पक्राउ पूर्जीसमेत लिइसकेको छ। पहिला आफू पीडित भन्दै प्रहरीको पुग्ने योजना बनाएका व्यक्ति नै पछि पीडक देखिएपछि फरार भएको प्रहरीले जनाएको छ। यसरी पछिल्लो समय चेकमार्फत हुने कारोबारको दुरुपयोग गर्दै बाउन्स गराउने घटना बढ्दै गएका छन् । यो समाचार नारायण अधिकारीले नेपाल लाइभमा लेखेका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन