दोलखा । जिल्लाको जिरी नगरपालिका–१ का ङिमा शेर्पाकी पत्नी फुर्लमु डेढ महिनाअघि कामदारसहित गाउँमा नयाँ घर बनाउन जुटेकी थिइन् । पति प्रायः मदिरा सेवन गर्ने भएकाले घरव्यवहारको जिम्मेवारी उनको काँधमा आयो । चैत २७ गते फुर्लमुले काम गर्नेहरूलाई खाजासँगै रक्सी पनि दिइन् ।
रक्सीको नशामा आइपुगेका ङिमाले सो दृश्य देखेपछि पत्नीप्रति शंका गर्न थाले । पतिले पत्नीमाथि नाजायज सम्बन्धको आरोप लगाएपछि उनीहरूबीच सुरु भएको विवादले उग्र रूप लियो । ङिमा पत्नीमाथि कुटपिटमा उत्रिए। लगत्तै फुर्लमुले दाउराको चिर्पटले जवाफी हमला गरिन् । भुइँमा ढलेका ङिमाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भयो । फुर्लमु अहिले पुर्पक्ष थुनामा छिन् ।
त्यस्तै गौरीशंकर गाउँपालिकाको झ्याँकु गाउँका छिरिङ शेर्पा र खम्सु शेर्पा दाजुभाइ हुन् । उनीहरू खुब मिल्थे । भाइ खम्सुलाई गाह्रोसाह्रो पर्दा दाजुले नै सहयोग गर्थे । भाइ पनि दाजुलाई सुखदुःखमा साथ दिन्थे । भाइ बिस्तारै रक्सीको लतमा फसे । ज्यालादारी काम गर्दै आएका उनले काममा ध्यान दिन छाडे । कमाइ कम भएपछि रक्सी पिउन पैसा पुग्न छाड्यो ।
त्यसपछि उनले छिमेकीको सामान चोर्दै बेच्न थाले । गाउँमा परिवारकै बदनाम हुन थालेपछि छिरिङले खम्सुलाई सम्झाउन थाले । रक्सीको नशामा रहेका खम्सुले धारिलो हतियारले हानेर दाजुको हत्या गरे। खम्सु अहिले कारागारमा छन् । यी घटना प्रतिनिधिमूलक घटना र पात्र हुन् । यस्ता घटनाले परिवारमा भित्रभित्रै झाँगिँदै गएको अपराध कर्मको वास्तविकता चित्रण गर्छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाको मुद्दा शाखामा वर्ष दिनयता दर्ता अपराधका घटनाहरूको फेहरिस्त हेर्दा कर्तव्य ज्यानदेखि, करणी उद्योग हुँदै सार्वजनिक अपराधसम्म गम्भीर प्रकृतिका अधिकांश घटना परिवारभित्रै भएका देखिन्छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक विश्लेषण गर्दा पेसेवर तथा संगठित अपराधमा कमी आए पनि परिवारभित्र हुने आपराधिक घटना र बेमेल मौलाउँदै गएको छ । -नागरिक दैनिकबाट
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो